डब्लुटीओेबाट नेपालले फाइदा लिन नसक्ने

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ११:४५ मा प्रकाशित

prgकाठमाण्डु, २४ मंसिर– आन्तरीक उत्पादन र अर्थतन्त्रलाई बलियो नबनाएसम्म विश्व व्यपार संगठन डब्लुटीओ बाट नेपालले कुनैपनि फाइदा लिन नसक्ने अर्थविदहरुले बताएका छन् ।

देशले आयात मात्रै गरिरहेको अबस्थामा निर्यात बढाउन सकिएमात्रै विश्व व्यापार संगठनबाटको सम्बन्धबाट फाइदा दिन सकिने उनीहरुको भनाई छ ।

मिडिया इन्टरनेशलले काठमाण्डुमा गरेको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले डब्लुटीओ एउटा माध्यम मात्रै रहेको र त्यो बाट आफूहरुले फाइदा लिन आन्तरिक अर्थतन्त्र मजबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले भारतले समेत डब्लुटीओ बाट जति फाईदा लिनुपर्ने हो त्यति फाइदा लिन नसकेकोले नेपालका लागि त्यो परको कुरा भएको बताए । विश्व व्यापार संगठनमा आवद्ध हुँदैमा देशको अर्थतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै पाण्डेले नेपालको निर्यातजन्य बस्तु उत्पादन विना सम्झौताहरुको खासै महत्व नरहने बताए  ।

त्यस्तै वरिष्ठ अर्थविद डा.चन्द्रमणि अधिकारीले डब्लुटीओ बाट फाइदा लिन आन्तरिक अर्थतन्त्र र नितिहरुमा भरपर्ने बताउँदै भारत र चिनलाई पनि डब्लुटीओ बाट फाइदा लिन मुस्किल परेको बेला नेपालले धेरै चनाखो भएर बड्नुपर्ने बताए । नेपालले निर्यात नबढाए सम्म देशलाई कुनै पनि कोणकाट सफलता नमिल्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us