चेपाङ परिवारलाई मौरीको घार

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ६:०८ मा प्रकाशित

BEE-KEEPINGगजुरी, २४ मंसिर–नेपाल सरकारको चेपाङ विकास कार्यक्रमअन्तर्गत धादिङका ८२ चेपाङ परिवारलाई मौरीसहितको घार वितरण गरिएको छ । व्यवसाय किट विकास निर्देशनालयअन्तर्गत मौरीपालन विकास शाखा गोदावरीले ‘एक घार एक गोला’ नारासहित चेपाङ समुदायको आर्थिक विकासका लागि मौरीसहितको घार वितरण गरेको हो ।

कृषि सेवा गजुरीअन्तर्गत मौरीपालन शाखाका दत्तराम शर्मा र कृषि सेवा प्रमुख रेशमराज लामिछानेले जोगिमाराको हेक्राङमा दुईवटा र गजुरीको आदामारामा दुई समूह गठन गरी ८२ चेपाङ परिवारलाई प्रतिघार नौ हजार मूल्य बराबरको मौरी र घार वितरण गरेका हुन् ।

गत भदौमा कृषकलाई एक हप्ताको तालिमसहित प्राविधिक सहायकको सहयोगमा गोरखाका ११८ कृषकलाई पनि मौरीसहितको घार वितरण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us