नेपाली आकाशमा दुई नयाँ विमान

काठमाण्डु टुडे २०७० मंसिर २४ गते २:०५ मा प्रकाशित

काठमाण्डु, २४ मङ्सिर-निजी विमान कम्पनी गोमा एयरले १९ सिट क्षमताका यात्रुबाहक दुई नयाँ जहाज (मल्टी इन्जिन टर्बो प्रोपेलर) नेपाल भित्र्याएको छ ।   गोमा एयरले छोटो धावनमार्गमा सेवा सञ्चालन गर्न दुई इन्जिन भएका नयाँ हवाई जहाज पहिलोपटक नेपाल ल्याएको हो ।

गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले चेक गणतन्त्रको एयरव्रmाफ्ट इन्डस्ट्रिजद्वारा निर्मित ती विमानले काठमाण्डु–पोखरा–जोमसोम ‘रुट’मा शनिवार सफल परीक्षण उडान गरिसकेको जानकारी दिए ।  पोखरा–जोमसोम रुटलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण हवाई रुटमध्येको एक मानिन्छ ।

‘यो नेपाली उड्डयन क्षेत्रका लागि नयाँ अध्याय हो । सेवा सुरु गरेको तीन वर्षभित्रै दुई इन्जिनका नयाँ जहाज भित्र्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ उनले भने ।
दुवै विमानमा सुरक्षित हवाई सेवाका लागि नवीनतम् उपकरण र सुरक्षासम्बन्धी उपकरणहरू जडान गरिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us