सम्पत्ति शुद्धिकरणको अवस्था बुझ्न फ्रान्सको टोली नेपाल आउने

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ३:१९ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेपालले सम्पत्ति शुद्धिकरण सम्बन्धमा जनाएको प्रतिबद्धता कार्यान्वयनको अबस्थाबारे बुझ्न अन्तराष्ट्रिय वित्तिय कारवाही कार्यदलको एक टोली काठमाण्डु आउने भएको छ । फ्रान्सको पेरिसमा कार्यलय रहेको सो संस्थाले सम्पत्ति शुद्धिकरण ऐन पारित नगरे नेपाललाई वित्तियरुपमा कालो सूचीमा पार्ने यसअघि चेतावनी दिएको थियो ।

विहीबार नेपाल आएर सो संस्थाले वित्तिय सुशासन सम्वन्धमा नेपालले लिएको नीति तथा कार्यक्रमको विश्लेषण गर्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालका ऐन नियम चित्त नबुझे कालोसूचीमा पार्नसक्ने अर्थविदहरुको भनाइ छ ।

सम्पत्ति शुद्धिकरणको सम्वन्धमा आवश्यक ऐन कानुन बनाउन दिएको निर्देशन नेपालले पालना नगरेको भन्दै उसले नेपालका बैंकहरुको एलसी र पुनरबीमा रोक्ने चेतावनी समेत दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us