कञ्चनपुर, १९ कात्तिक–लागुऔषधको कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले सोमबार साँझ भीमदत्तनगरपालिकाको जानकी टोलबाट पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुने लुकिजिसी नामक ५० थान औषधसहित भीमदत्तनगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका ३५ वर्षीय पुरुषोत्तम गिरीलाई प्रहरीले डेराबाटै पक्राउ गरेको हो । पक्राउ...
दमासकस, कात्तिक–सिरियाली औद्योगिक क्षेत्रले मुलुकमा चलेको ३१ महिना लामो युद्धका कारण दुई अर्ब २० करोड अमेरिकी डलर बराबर गुमाएको छ । उद्योगमन्त्री कमलेद्दिन तोहमले आइतबार एक विज्ञप्ति प्रकाशन त्यस्तो जानकारी दिएका हुन । सरकार समर्थक अल–वतन पत्रिकाले मन्त्री टोहमको भनाइ उद्धरण गरी औद्योगिक क्षेत्रले...
काठमाण्डु, १७ कात्तिक–अमेरिकाको केन्टकी राज्यमा बसोबास गर्ने नेपालीहरूले आज नेपालको सबैभन्दा जेठो सामाजिक संस्था परोपकारले सञ्चालन गरिरहेको अनाथालयलाई करिब तीन लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् । लक्ष्मीपूजाका दिन पारेर आइतवार आयोजित एक कार्यक्रममा ‘केन्टकी नेपाली सोसाइटी’ का प्रतिनिधि प्रवीण मानन्धरले उक्त सहयोग...
जुम्ला, १७ कात्तिक–कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लाका आयुर्वेदिक चिकित्सक डा योगेश वैद्यले आफ्नो तलबको १० प्रतिशत रकम अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसर पारेर डा वैद्यले अक्षय कोषमा रकम जम्मा गर्ने वचन दिएका हुन ।...
जाजरकोट, १७ कात्तिक– ज्योती विकास बैंकले जाजरकोट शाखा स्थापना गरेको तीन महिनामै तीन करोड निक्षेप संकलन गरेको छ । एक महिनामै तीन सय भन्दा बढीले खाता खोलेको बैंकले जनाएको छ । बैंकले शैक्षिक कर्जा, घर कर्जा, व्यापार कर्जा लगायतका कारोबार गरेको शाखा प्रवन्धक आमोद...
सोलुखुम्बु, १७ कात्तिक–तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि नियमित उडान नहुँदा यात्रुहरु मर्कामा परेका छन् । सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाण्डु फर्कन लागेका तथा सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक उडान नहुँदा मारमा परेका हुन् । बाक्लो हुस्सु तथा तुवाँलोका कारण उडान प्रभावित भएपछि लुक्लामा...
विराटनगर, १७ कात्तिक–उज्यालोको पर्व तिहारको अवसरमा मोरङमा माटोका सामग्रीको बिक्री तीव्र रुपमा भइरहेको छ । लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म घरमा दीयो बाल्नुपर्ने भएकाले नै मानिसहरुले यी सामग्री खरिद गर्ने गरेका छन् । माटोका सामग्रीमा दियो, चारमुखी, कलसजस्ता सामान अत्यधिक बिक्री हुने गरेको छ । माटोका...
काठमाण्डु, १६ कात्तिक– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक दृष्टिले स्रष्टाहरुको सम्मान हुने परम्पराको थालनीले उनीहरुको सिर्जनामा हौसला पुग्ने बताएका छन् । सङ्गीत रोयल्टी सङ्कलन समाजले स्रष्टाहरुको रोयल्टी वितरण गर्न गरेको कार्यक्रममा मन्त्री कोइरालाले स्रष्टाहरुप्रति सरकार कति संवेदनशील छ भन्ने यस्तै क्रियाकलापबाट पुष्टि हुने बताए ।...
काठमाण्डु, १६ कात्तिक– सरकारले मुलुकभर विकास गर्न लागेको १० वटा नयाँ सहरमा कुल १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सरकारले प्रस्तावित गरेको ती १० वटै सहरमा हाल सम्भाव्यता अध्ययनको काम गरिरहेको जनाइएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको नयाँ सहर आयोजना समन्वय...
स्याङ्जा, १६ कात्तिक– स्याङ्जाको दक्षिणपूर्वी गाविस सेखामका महिलाले सामूहिक रुपमा अर्कैको जग्गा भाडामा लिएर सामूहिक च्याउखेती सुरू गरेका छन् । सुरुका दिनमा आ–आफूलाई अनुकूल पर्ने गरी एक्लै च्याउखेती गर्दै आएका महिलालाई एक्लै बजारको खोजी गर्नुपर्ने झन्झट भएपछि परिवर्तनशील महिला आयआर्जन समूह निर्माण गरी सोही...
काठमाण्डु, १५ कात्तिक– कुल ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रमुख लगानीकर्ता चाइना थ्री गर्जेज कर्पोरेसनले सो आयोजनाको सम्बन्धमा केही ठोस निर्णय तत्काल गर्न सरकारलाई आग्रह गरेको छ । प्रमुख लगानीकर्ताको हैसियतले थ्री गर्जेजले लगानी बोर्डलाई प्रसारण लाइन निर्माण, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको...
पुतलीबजार, १५ कात्तिक– स्याङ्जाको टक्सार गाविसलाई मौरी गाउँ घोषणा गरिएको छ । गाविसका सबै वडामा परम्परागत साथै आधुनिक घारसहित मौरीपालन विस्तार भएपछि कृषि विकास कार्यालयले मौरी गाउँ घोषणा गरेको हो । कार्यक्रममा कृषि कार्यालयका योजना अधिकृत इन्द्रमणी अधिकारीले कृषकलाई व्यावसायिक बन्न आग्रह गर्दे टक्सार...