
लुम्विनी २७ मंसिर–रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल तीन वर्र्षभित्रै अन्तर्राष्ट्रियस्तरको बनाइने भएको छ । हाल काठमाण्डुमा मात्रै अन्तराष्ट्रिय विमानस्थल छ ।
गौतमबुद्ध विमानस्थललाई देशको दोस्रो अन्तराष्ट्रियस्तरको बनाउने गरि काम सुरु भैसकेको छ । पहिलो चरणमा विमानस्थलको स्तरोन्नति गर्न टेण्डर आह्वान भएको छ भने जग्गा अधीग्रहण, माटो परीक्षण, सर्वेक्षण लगायतका काम सम्पन्न भैसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको धावनमार्ग १० हजार फिट लामो र १ सय ५० फिट चौडा बनाइने भएको छ । यसअघिको, धावनमार्ग ५ हजार फिट लामो र १ सय फिट मात्र चौडा थियो ।
धावन मार्ग विस्तारपछि काठमाडौंमा उडान र अवतरण हुने सबै प्रकारका जेट विमान गौतमबुद्ध विमानस्थलमा अवतरण र उडान हुनेछन् ।