अर्थ

लुम्बिनीलाई रेलबाट ल्हासा जोड्नेः प्रचण्ड

२०७० कार्तिक २३ गते १३:५२

बुटवल, २३ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लुम्बिनीलाई केन्द्रमा राखी रेलमार्ग निर्माणको योजना अगाडि बढिरहेको बताएका छन् । एमाओवादीको मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत बुटवलमा भएको जनसभामा सम्बोधन गर्दै प्रचण्डले नेपालमा रेल मार्गको अत्यावश्यक भएको बताउँदै लुम्बिनीलाई चीनको ल्हासा र जनकपुरसम्म रेल...

तालिम पाएपछि भटाभट बाँस उद्योग

२०७० कार्तिक २३ गते ११:२८

इलाम, २३ कात्तिक– पर्याप्त कच्चापदार्थको उपलब्धतापछि इलामका ग्रामीण क्षेत्रमा बाँसका फर्निचर बनाउने उद्योग सञ्चालनमा आउन थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिले बाँसका फर्निचर बनाउने तालिम प्रदान गरेपछि उद्योग सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको गोदक, जितपुर, इलाम नगरपालिका, मङ्गलबारे, नयाँबजार, गाविसमा...

तरकारी भाउः उपभोक्तामा मार

२०७० कार्तिक २३ गते ११:२४

गाईघाट, २३ कात्तिक– केही दिनयता उदयपुरको सदरमुकाम गाईघाटलगायतका क्षेत्रमा हरियो तरकारी तथा सब्जीको भाउ वृद्धि हुँदै गएपछि यस क्षेत्रका उपभोक्ता मारमा परेका छन् । दसैँ तिहार तथा छठ पर्वको नाममा वृद्धि भएको हरियो तरकारी तथा सब्जीको भाउ अझ वृद्धि भएको उपभोक्ताको गुनासो छ ।...

आमहड्ताल फिर्ता लिन आग्रह

२०७० कार्तिक २२ गते १४:५२

काठमाण्डु, २२ कात्तिक– नेपाल उद्योग वाणीज्य महासंघको प्रतिनिधि मण्डलले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटी कात्तिक २५ गतेदेखि सो पार्टीले गर्ने भनिएको आमहड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । महासंघका अध्यक्ष सुरज वैद्य, उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतको टोली माओवादी पार्टी कार्यालय बुद्धनगरमा पुगी माओवादी...

विद्युत किन्ने सहमतिपछि निजी क्षेत्रमा उत्साह

२०७० कार्तिक २२ गते १०:५३

काठमाण्डु, २२ कात्तिक– नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रले निर्माण गर्न लागेको दुई  महत्वपूर्ण आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्न सैद्धान्तिक सहमति जनाएपछि निजी क्षेत्र उत्साहित भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान)ले प्राधिकरणको पछिल्लो निर्णयले निजी क्षेत्र उत्साहित भएको जनाउँदै सम्झौताको प्रतिक्षामा रहेका...

अष्ट्रेलियालीद्वारा १ करोड ३० लाख सहयोग

२०७० कार्तिक २२ गते १०:४०

काठमाण्डु, २२ कात्तिक– नेपालस्थित अष्ट्रेलियाली राजदूतावासले प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत विभिन्न नौवटा सामाजिक संस्थालाई एक करोड तीस लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट आज दूतावासमा आयोजित एक कार्यक्रममा नेपालको स्वास्थ्य, सरसफाई, शिक्षा, सञ्चार विकास, क्यान्सर रोग...

बर्डफ्लुपीडित कृषकलाई छ करोड क्षतिपूर्ति

२०७० कार्तिक २२ गते ५:५९

भक्तपुर, २२ कात्तिक–बर्डफ्लु सङ्कटग्रस्तक्षेत्र घोषणापछि नष्ट गरिएका कुखुरा तथा कुखुराजन्य पदार्थको क्षतिपूर्ति रकम सरकारले कुखुरापालक कृषकलाई वितरण गर्न थालेको छ । जिल्ला पशुसेवा कार्यालय भक्तपुरले बर्डफ्लुको संक्रमणबाट नष्ट भएका कुखुराका धनीलाई छ करोड रुपैयाँ वितरण गरिएको कार्यालय प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए । क्षतिपूर्ति...

टीपीएस प्रविधि लोकप्रीय बन्दै

२०७० कार्तिक २२ गते ३:४५

तौलिहवा, २२ कात्तिक–कपिलवस्तुमा बियाबाट आलु खेती गर्ने टीपीएस प्रविधि लोकप्रीय बन्दै गएको छ । कम लागतमा बढी उत्पादन हुने भएकाले कपिलवस्तुका कृषकहरु टीपीएस प्रविधिमा आकर्षित भएका हुन् । खर्च पनि कम लाग्ने र कृषि कार्यालयबाट अनुदानमा बीऊ पनि पाईने भएपछि हरेक बर्ष यो प्रविधिबाट...

मदिरा बिक्री वितरणमा कडाइ

२०७० कार्तिक २२ गते ३:०८

मान्म, २२ कात्तिक–संविधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै कालीकोट जिल्लामा मदिरा बेचबिखनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक २९ देखि मंसिर ६ गते अर्थात् संविधानसभाको परिणाम नआउञ्जेलसम्मका लागि पूर्णरुपमा मदिरा बिक्री– वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायको रोहवरमा मदिरा बिक्री–वितरणमा...

पूर्वाञ्चलमा इन्धन पर्याप्त

२०७० कार्तिक २२ गते ३:०४

विराटनगर, २२ कात्तिक–संविधानसभा निर्वाचनका लागि पूर्वाञ्चल डिपोमा पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त मात्रामा रहेको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलद्वारा कात्तिक २५ गतेदेखि आह्वान गरिएको बन्दले पेट्रोलियम पदार्थको आयात–निर्यातमा समेत असर पर्ने आशङ्का भइरहेकोमा निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पेट्रोलियम...

सात सय चौबीस हेक्टरको धान नष्ट

२०७० कार्तिक २१ गते ३:५०

भक्तपुर, २१ कात्तिक–जिल्ला कृषि विकास कार्यालय भक्तपुरले यस वर्ष भक्तपुरका कृषकले लगाएको ७२४ हेक्टर जमिनको धानखेती नष्ट भएको जानकारी दिएको छ । कार्यालयको प्रारम्भिक अनुगमनअनुसार भक्तपुरमा चार हजार ३५२ हेक्टर धानखेती योग्य जमिन रहेकोमा यस वर्ष ७२४ हेक्टरुको धान नष्ट भएको पाइएको कार्यालयका प्रमुख...

सिम्रिकको उडानले लुक्लालाई राहत

२०७० कार्तिक २० गते १:५२

सोलुखुम्बु, २० कात्तिक–एक वर्षदेखि बन्द रहेको अग्नि एयरका विमानहरु भाडामा लिएर उडाउन थालेको सिम्रिक एयरलाइन्स प्रालिले लुक्लामा समेत उडान राखेपछि यहाँ केही राहत महसुस गरिएको छ । मुलुककै आकर्षण मानिने सगरमाथा प्रवेशद्वार लुक्लामा हवाई सेवाको अभाव हुँदा यहाँ आएका पर्यटक निराश भएर फर्किन थालेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us