लगानी बढाउन फ्रान्सलाई आग्रह

काठमाण्डु टुडे २०७० पुष १ गते ११:३४ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, १ पुस– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधार विकासको क्षेत्रमा लगानी बढाउन फ्रान्स सरकारसँग आग्रह गरेका छन् ।

नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासेरोसँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले द्विपक्षीय तथा आर्थिक सम्बन्ध सुदृढ गर्न पारस्परिक सहकार्य आवश्यक भएको बताए ।

भूकम्प प्रविधिका क्षेत्रमा तीन दशकदेखि फ्रान्स सरकारले पुर्‍याउँदै आएको योगदानको सराहना गर्दै उनले त्यसलाई निरन्तरता दिन र सगरमाथा आधार शिविरमा पर्वतारोहणसम्बन्धी विद्यालय स्थापनामा सहयोग गर्न आग्रह गरे ।

त्यस अवसरमा राजदूत बासेरोले फ्रान्स सरकारले सहरी विकास, सडक बत्ती, सौर्य ऊर्जा र यातायातको क्षेत्रमा नेपालमा लगानी विस्तार इच्छुक रहेको जानकारी दिएको  अर्थ मन्त्रीका सञ्चार संयोजक सङ्केत कोइरालाले बताए ।

फ्रान्सेली लगानीकर्ताको एक टोली आगामी दुई महिनाभित्रमा नेपाल आउने भएकाले टोलीलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले काठमाडौँमा केवलकार निर्माण गर्न आफ्नो सरकारले छिट्टै अध्ययन थाल्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us