कृषकको आर्थिक अवस्था सुदृढ

काठमाण्डु टुडे २०७० पुष १ गते ३:१८ मा प्रकाशित

नेपालगन्ज, १ पुस–बाँके जिल्ला पुरैना गाविस–९ तेलियनपुरवाका कृषक व्यवसायिक खेतीमा सहभागी भएपछि उनीहरुको आर्थिक अवस्था थप सुदृढ हुँदै गएको छ । सुरुका दिनमा दुई÷चार घरपरिवारबाट थालिएको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि त्यस गाउँका अन्य कृषक पनि क्रमशः तरकारी खेती व्यवसायमा सहभागी हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

‘आठ कट्ठा जग्गामा व्यावसायिक तरकारीखेती थालेपछि चार जनाको परिवारको सुखपूर्वक गुजारा भएको छ, अनि किन विदेसिनु पर्यो,’ कृषक लोकबहादुर पुनको भनाइ थियो ।

व्यावसायिक तरकारीखेतीमा सहभागी हुनुअघि त्यस गाउँका कृषक दुई÷चार पैसा कमाउन मजदुरी गर्ने अवस्थाको पनि अहिले अन्त्य भएको छ भने उनीहरुको मिहेनतले बाँके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउनसमेत मद्दत पुगेको छ । व्यावसायिक तरकारीसँगै त्यस गाउँका अधिकांश कृषक व्यावसायिक कुखुरा, बाख्रा, गाईपालन व्यवसाय पनि सहभागी हुनु आर्थिक उपार्जनको अर्को कडीका रुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us