फागुन १४ देखि नुवाकोट महोत्सव

काठमाण्डु टुडे २०७० पुष २ गते १३:०९ मा प्रकाशित

nuwakot_district_mapनुवाकोट, २ पुस– आगामी फागुन १४ देखि २४ गतेसम्म नुवाकोटको बट्टारमा तेस्रो  नुवाकोट महोत्सव तथा औद्योगिक व्यापार मेला हुने भएको छ ।

जिल्लाको व्यावसायिक प्रबद्र्धन र पर्यटकीय सम्भावनाको खोजी गर्दै सञ्चालन गरिन लागेको महोत्सवको महोत्सव आयोजनाका लागि आज नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति र विभिन्न उपसमिति  गठन गरिएको छ ।

नुवाकोट नेपाल एकीकरणको प्रथम भूमि, देवीघाट, भैरवी मन्दिर, दुप्चेश्वर जस्ता तीर्थस्थल, त्रिशूली नदी, साततले दरबार तथा रेन्बो ट्राउट माछा, स्ट्रबेरी, मुला आदि उत्पादनले प्रख्यात छ ।

आन्तरिक बजार सबलीकरणका लागि व्यावसाियक उत्थान तथा निकासीयोग्य वस्तुमा महोत्सवले जोड दिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन श्रेष्ठले बताए ।

महोत्सवमा कृषि प्रविधि प्रदर्शनी, हस्तकला तथा छालाजन्य सामान, दैनिक उपभोग्य सामान, कृषिजन्य तथा जडीबुटी, पर्यटन, शिक्षा, सूचनाप्रविधि, निर्माण सामग्री, अटोमोबाइल, ढाका्लगायत वस्तुको प्रवद्र्धन, प्रदर्शनी र बिक्री गरिने बताइएको  छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us