डेनमार्कबाट एघार करोड सहयोग

काठमाण्डु टुडे २०७० पुष १ गते १४:१८ मा प्रकाशित

denmark flagकाठमाण्डु, १ पुस– डेनमार्क सरकारले नेपाल सरकारलाई करिब दश अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि डेनमार्कका राजदुत क्रिस्टन गिलनले हस्ताक्षर गरे ।

सो रकम नेपालको शान्ति, अधिकार र शासन कार्यक्रममा खर्च गरिने छ । यस्तै मुलुकको गरिबी निवारण र जीवनस्तर उकास्नाका  साथै निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि खर्च गरिने लक्ष्य राखिएको छ । नेपालको अर्थोडक्स चिया, अदुवा खेती र डेरी उद्योगको विकासका लागि सो रकम खर्च गरिने लक्ष्य राखिएको सचिव सुवेदीले जानकारी दिए ।

सो कामका लागि करिब सात अर्ब २० करोड खर्च गरिने छ । विशेष गरी नेपालको पूर्वाञ्चल क्षेत्रमा नै खर्च गर्ने गरी सो रकम प्रदान गरिएको हो । सो रकम  सङ्घीय मामला तथा स्थानीय विकास र उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको सहकार्यमा खर्च गरिने छ । सो कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुनेछ । चार दशकदेखि नेपालको सहयोगी राष्ट्रका रुपमा रहेको डेनमार्कले हालसम्मकै ठूलो सहयोग रकम उपलब्ध गराएको हो ।

यस्तै प्राप्त सहयोग रकममध्ये करिब रु तीन अर्ब ६० करोड  रकम शान्ति निर्माण र अभिवृद्धिकरण, मानवअधिकारको संरक्षण र प्रवद्र्धन  तथा प्रजातान्त्रिक प्रणालीको सुधारमा खर्च गर्ने लक्ष्य राखिएको छ । सो रकम शान्ति, अधिकार र शासकीय सुधार कार्यक्रमअन्तर्गत खर्च गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us