काठमाण्डु, २९ कात्तिक–नेपाल टेलिकमले शुक्रवारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ । घरमा जडान गरिएको तारयुक्त ‘पिएसटिएन’, ताररहित ‘सिडिएमए’ र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार...
सिन्धुपाल्चोक, २९ कात्तिक–संविधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै सिन्धुपाल्चोकको तातोपानी नाका २४ घन्टाको लागि सिल गरिने भएको छ । नेपाल र चीन सरकारको सहमतिअनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राखी तातोपानी नाकामा मङ्सिर ३ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म आवतजावत बन्द गरिन लागेको हो...
काठमाण्डु, २८ कात्तिक– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारको पहिलो प्राथमिकता जलविद्युत र पूर्वाधार विकास भएको उल्लेख गरेका छन् । नेपालका लागि जापानका राजदूत मसासी ओगावासँग बिहिबार अर्थ मन्त्रालयमा भएको भेटमा निजी र वाह्य लगानीकर्तालाई पनि जलविद्युतको क्षेत्रमा लगानीका निम्ति प्रोत्साहन गरिएको बताए । उनले देश...
काठमाण्डु, २८ कात्तिक– नेपाल टेलिकमले शुक्रबारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ । एक अञ्चलबाट अर्को अञ्चलमा गरिने र एकै अञ्चलमा हुने ‘ट्रंकल’मा रु एकमा ९० सेकेन्ड कुरा गर्न पाइने छ । यसअघि एक...
काठमाण्डु, २८ कात्तिक– भारत सरकारले संविधानसभा निर्वाचन सम्पन्न गराउनका लागि भन्दै निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन उपलब्ध गराएको छ । बुधबारमात्रै भारत सरकारले सात सयभन्दा बढी सवारी साधन गृहमन्त्रालयलाई प्रदान गरेको थियो । आयोगमा बिहिबार आयोजित समारोहमा नेपालका लागि भारतका राजदूत रञ्जित रेले...
काठमाण्डु, २८ कात्तिक–सरकारले संविधानसभा निर्वाचनको अवधीमा दुई दिन लोडसेडिङ नगर्ने भएको छ । शान्ति सुरक्षालगायत विषयलाई मध्यनजर गर्दै मंसिर ३ र ४ गते लोडसेडिङ नगर्ने सरकारले जनाएको छ । सरकारका अनुसार सार्वजनिक बिदा र उद्योग कलकारखाना बन्द रहने हुँदा लोडसेडिङ हटाउन सम्भव रहेको हो...
काठमाण्डु, २८ कात्तिक–नेपाल राष्ट्र बैंकले पहिलोपटक विहीबार तीन अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दैछ । राष्ट्र बैंकले बजारलाई व्याजदर निर्धारणको बाटो खुला गर्दै विहीबारदेखि लागू हुनेगरी सो रकमबराबरको विकास ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रको विशेषता खुला ब्याजदर हुने राष्ट्र बैंक राष्ट्र...
काबुल, २७ कात्तिक–अफगानिस्तानमा सन् २०१३ मा अफिमको उत्पादन इतिहासमै सबैभन्दा बढी भएको अनुसन्धानमा देखिएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले अफगानिस्तानमा यस वर्ष अफिमको उत्पादन विगतका वर्षहरुको तुलनामा कम्तीमा पनि ३६ प्रतिशतले बढेको पाइएको छ । लागू औषधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनओडिसीका अनुसार अफगानिस्तानमा...
काठमाण्डु, २७ कात्तिक– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले लामो दूरीका भाडाका सवारी साधनको टिकट बुकिङ आजदेखि खुला गरेको छ । आन्दोलनरत दलले यही कात्तिक २५ गतेदेखि नेपाल बन्दको आह्वान गरेपछि महासङ्घले २४ गतेदेखि नै बुकिङ स्थगन गरेको थियो । यातायात व्यवसायीले सवारी साधन सञ्चालन...
नेपालगन्ज, २७ कात्तिक– विद्यालयमा अध्ययनरत छात्रछात्रालाई बचतको बानी बसाली आर्थिक अनुशासन कायम गराउने उद्देश्यले बाँके युनेस्को क्लबले बाँके र बर्दिया जिल्लामा ‘युवा बचत परियोजना’ सञ्चालन गरेको छ । ती दुवै जिल्लाका ६ विद्यालयमा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म त्यस विद्यालयका १० देखि २२ वर्षसम्मका २०० भन्दा...
काठमाण्डु, २७ कात्तिक– सरकारले यस वर्ष १२ वटा आन्तरिक प्रसारण लाईन निर्माणका लागि जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई अनुमति दिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो संख्याको अनुमतिपत्र प्रदान गरिएको विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए । ती मध्ये...
दुबइ, २६ कात्तिक–मध्यपूर्व, उत्तर अमेरिका, अफगानिस्तान तथा पाकिस्तान (मेनाप) क्षेत्रमा लैङ्गिक बिभेद कम गर्नसके एक दशकमा कूल गार्हस्थ उत्पादन एक हजार अर्ब अमेरिकी डलर बराबर बढाउन सकिने अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । कोषको क्षेत्रीय आर्थिक परिदृष्य मंगलवार सार्वजनिक गर्ने क्रममा त्यस्तो तथ्य आएको...