गोरखामा पोलिटेक्निक इन्स्टिच्यूट बन्दै

काठमाण्डु टुडे २०७० पुष ६ गते ७:५३ मा प्रकाशित

गोरखा, ६ पुस – गोरखाको पालुङ्टार गाविसमा झन्डै ५० करोडको लागतमा पोलिटेक्निकल इन्स्टिच्यूटको स्थापना हुने भएको छ ।

सो इस्न्टिच्यूट निर्माणका लागि हाल विस्तृत सर्भेक्षण तथा माटो परीक्षणको काम भइरहेको छ । तीन सय विद्यार्थी अट्न सक्ने कक्षाकोठा, ७० जना शिक्षक र छात्रावाससहितको भवन निर्माण हुन लागेको हो ।

इन्स्टिच्यूटमा डिप्लोमा इन इन्जिनियरिङ, नर्सिङ र कृषि विज्ञानको पढाइ हुनेछ । नेपाल सरकारले गाविसको ८ र ९ मा पर्ने कुमालटारमा रहेको ८० रोपनी सार्वजनिक जग्गा इन्स्टिच्यूटलाई निःशुल्क उपलब्ध गराएको थियो  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us