माथिल्लो मर्स्याङ्दी २ बनाउन संयुक्त सम्झौता

काठमाण्डु टुडे २०७० पुष ५ गते १२:०६ मा प्रकाशित

Marsyangdiकाठमाण्डु, ५ पुस– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्तीय संस्था (आइएफसी) र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)बीच छ सय मेगावाट विद्युत् उत्पादन गर्ने माथिल्लो मर्स्याङ्दी–२ परियोजना निर्माणका लागि संयुक्त विकास सम्झौता भएको छ ।

सरकारले राष्ट्रिय प्राथमिकता प्रदान गरेको उक्त परियोजना निर्माणको आवश्यक कार्य गर्न नेपाल लगानी बोर्डलाई अधिकार प्रत्यायोजन गरेको छ ।

परियोजनाले सर्वेक्षण, अनुसन्धान, सम्भाव्यता अध्ययनलगायत सम्पूर्ण काम सकिसकेको छ ।

सरकारले पनि परियोजनालाई अघि बढाउन अनुमति दिइसकेको बोर्डले आज जनाएको छ ।

बोर्डका अनुसार आगामी वर्ष परियोजना विकास सम्झौता पनि हुनेछ ।

जिएमआरले विश्वका कयौँ राष्ट्रमा जलविद्युत्, नागरिक उड्डयन र भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्दैआएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us