अर्थ

चुनावमा लोडसेडिङ नहुने

२०७० मंसिर २ गते २:३२

काठमाण्डु, २ मंसिर– सरकारले चुनावलाई केन्द्रित गरी लोडसेडिङ कम गर्ने भएको छ । सोमबार र मंगलबार दुई दिन लोडसेडिङलाई बढिमा एक घण्टामा सीमित गर्ने तयारी भैरहेको छ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयहरुमा भने लोडसेडिङ हुँदै नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।...

साक्षरताका लागि एक करोड

२०७० मंसिर २ गते १:५६

मंगलबारे, २ मंसिर–इलाम जिल्लाका १५ हजार निरक्षरलाई साक्षर बनाउन सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ । सन् २०१५ सम्ममा नेपालबाट निरक्षरता उन्मूलन गरी सबैलाई साक्षर बनाउने राष्ट्रिय लक्ष्य बमोजिम चालु आर्थिक बर्षमा एक करोड विनियोजन गरिएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको...

स्याङ्जामा नुन अभाव

२०७० मंसिर २ गते १:४८

स्याङ्जा, २ मंसिर–साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा नुनको अभाव नरहेको बताइरहेका बेला स्याङ्जामा भने एक्कासि नुनको अभाव देखिएको छ । सञ्चारमाध्यममार्फत नुनको अभाव भन्ने हल्ला बजारमा छाएपछि व्यापारीले पछि महँगो शुल्कमा बिक्री गर्न पाइन्छ भनेर लुकाएको हुनसक्ने अनुमान उपभोक्ताले लगाएका छन् । नुनको अभाव भन्ने...

करको दायरा बढाउन करमैत्री प्रशासन

२०७० मंसिर १ गते ११:३८

काठमाण्डु, १ मंसिर– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले करको दायरा विस्तार गर्न सरकारले कर प्रशासनमा संरचनागत, प्रक्रियागत एवम् नीतिगत सुधार थालिएको उल्लेख गर्दै राज्यको प्राथमिकता करमैत्री राजस्व प्रशासन भएको बताएका छन् । ‘उच्च व्यावसायिक नैतिकताको सम्मान, करदातामैत्री करप्रशासनको अभियान’ नाराका साथ आन्तरिक राजस्व विभागले शनिबार आयोजना...

चुनावी सामान ढुवानीमा ३ करोड ३१ लाख

२०७० मंसिर १ गते १०:३७

काठमाण्डु, १ मंसिर– निर्वाचन अयोगले अगामी निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री सुरक्षित रुपमा मतदानस्थलमा पुर्‍याउन र मतपेटिकालगायत अन्य सामग्री जिल्ला सदरमुकाम ल्याउन ढुवानीका लागि रु तीन करोड ३१ लाख निकासा गरेको  छ । निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित ६८ प्रकारका निर्वाचन सामग्री लिएर  मतदानस्थलमा खटाइएका...

चुनावका दिन अरुलाई ठप्प, पर्यटकलाई सवारी

२०७० मंसिर १ गते १०:१५

काठमाण्डु, १ मंसिर– संविधानसभा निर्वाचनका दिन यातायात बन्द हुने र यसबाट पर्यटकीय सेवामा असुविधा पर्न जाने हुँदा पर्यटक सटल बसहरु सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । नेपाल पर्यटन बोर्डसँगको समन्वयमा निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीबाट अनुमति...

दोस्रो राष्ट्रिय कर दिवस आज

२०७० मंसिर १ गते ३:५६

काठमाण्डु, १ मंसिर– करको जागरण अभियानलाई तीव्र बनाउन र करको चर्चा घर घरमा पुर्याउने उद्देश्यले दोस्रो राष्ट्रिय कर दिवस शनिबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । सरकारले गत बर्षदेखि मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउन शुरु गरेको थियो । दोस्रो राष्ट्रिय कर...

नुनको कृतिम अभाव गर्दै कालोबजारी

२०७० कार्तिक २९ गते ११:५२

विराटनगर, २९ कात्तिक– पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ । बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताए । कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात...

चुनाव लगत्तै खाद्य महोत्सव

२०७० कार्तिक २९ गते ११:४५

पोखरा, २९ कात्तिक– पोखरा नगर रेस्टुरेन्ट तथा वार एसोसिएसनले आगामी मङ्सिर १३ देखि २३ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा दोस्रो सिटी रेवान महोत्सव तथा खाद्य महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा १३० वटा कक्ष रहने छन् । जसमा व्यवसाय  प्रयोजनका लागि  ११०, रेस्टुरेन्टका लागि...

टेलिफोन अवरुद्ध भएपछि एक दिन हिँड्नुपर्ने

२०७० कार्तिक २९ गते ९:०७

जाजरकोट, २९ कात्तिक– जाजरकोट उत्तरपूर्वी क्षेत्रमा रहेको बारेकोटमा स्काइ फोन सेवा एक महिनादेखि अवरुद्ध भएपछि स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । फोन अवरुद्ध भएपछि फोन गर्नकै लागि एक दिन हिँडेर खगेनकोट गाविसमा आउनुपर्ने बाध्यता भएको नायकवाडाका मोहन विक्रम शाहीले बताए । संविधानसभाको...

बङ्गलादेशमा गार्मेन्ट कारखाना पुनः सञ्चालन

२०७० कार्तिक २९ गते ७:४८

ढाका,२९ कात्तिक–बङ्गलादेशमा २०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बिहीबार पुनः सञ्चालनमा आएका छन । न्यूनतम ज्याला भएको कारण हडतालमा उत्रिएका कामदारहरूको मागलाई लिएर गार्मेन्ट मालिकहरू र प्रधानमन्त्रीबीच भएको वार्तापछि कारखाना पुनः सञ्चालनको लागि कारखाना मालिकहरू मञ्जुर भएका हुन । चार दिनसम्म कारखाना बन्द गरेका गार्मेन्ट...

चुनावसँगै बजार अनुगमन सुस्तायो, नुन प्रतिप्याकेट ५० रुपैयाँ तिर्न उपभोक्ता बाध्य

२०७० कार्तिक २९ गते २:१२

रौतहट, २९ कात्तिक–संविधानसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै जिल्लास्तरीय अनुगमन समितिले बजार अनुगमन गर्न तदारुकता नदिएपछि रौतहटमा उपभोक्ता ठगिन थालेका छन् । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र रहेको सदरमुकाम गौरसहित गङ्गापिपरा, गरुडा, समनपुर, कटहरिया, राजपुरलगायतका बजार क्षेत्रमा रहेका किराना पसलले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको पाइएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us