सुमार्गीको मुक्तिश्री प्रालिको थप २३ अर्ब लगानी गर्ने

काठमाण्डु टुडे २०७० पुष ७ गते ७:१६ मा प्रकाशित

काठमाण्डु ७ पुस – मुक्तिश्री प्रालिले औद्योगिक क्षेत्रमा थप २३ अर्ब ५० लाखको लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

प्रालिले आइतबार मुक्ति टावरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार दूरसञ्चार, जलविद्युत्, पर्यटन तथा सिमेन्ट उद्योगका क्षेत्रमा सो लगानी गरिनेछ ।

प्रालिले हालसम्म ७ अर्ब लगानी भइसकेको उल्लेख गर्दै नेपाल स्याटेलाइट टेलिकममा थप ६ अर्ब ५० लाख, धादिङस्थित आँखुखोला हाइड्रोमा साढे ५ अर्ब, काठमाण्डुमा पाँचतारे होटलमा ५ अर्ब, सुर्खेतमा मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजमा ४ अर्ब र नेपाल इन्फ्रा कम्पनीमा ३ अर्ब लगानी गर्ने जनाएको छ ।

प्रालिका अध्यक्ष अध्यक्ष अजयराज सुमार्गीले यी लगानीहरु सन् २०१६ बाट पूर्णरुपमा व्यावसायिक कार्यमा प्रयोग भइसकेको हुने बताउँदै यसबाट थप १० हजार मानिसले रोजगार पाउने जानकारी दिए । उनले आफ्ना कम्पनीहरुमा हालसम्म १० अर्ब विदेशी ऋण आएको र थप ८ अर्ब ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।
विसं २०२९ मा स्व माधवराज सुमार्गी र विश्वकान्ती कलावती सुमार्गीको अग्रसरतामा हेटाँैडामा सञ्चालित चुन उद्योग र काष्ठ उद्योगको व्यवसायलाई मुक्तिश्री प्रालिले हाल विस्तार गरिरहेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us