लोडसेडिङको समयअवधि बढ्यो

काठमाण्डु टुडे २०७० पुष २ गते २:५२ मा प्रकाशित

Loadshedingकाठमाण्डु, २ पुस–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय पुनः बढाएको छ । प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी दैनिक ९ घण्टाको दरले लोडसेडिङ शुरु गरेको हो ।
यसअघि दैनिक ६ देखि सात घण्टाको दरले विद्युत कटौती हुदै आएको थियो ।

सुक्खायाम शुरु भएसँगै नदीमा जलस्तर घट्न थालेकाले लोडसेडिङको समयावधी बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

यसअघि सातामा साढे ४६ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अबदेखि सातामा ६३ घण्टा लोडसेडिङ हुने नयाँ तालिका प्राधिकरणले यसअघि नै सार्वजनिक गरिसकेको छ । हालसम्म बढीमा दिनको दुईपटक लोडसेडिङ गरिदै आएकोमा अबदेखि दिनको ३ पटक लोडसेडिङ गर्न थालिएको प्राधिकरणको नयाँ लोडसेडिङ तालिकामा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us