बर्डफ्लुले लियो २१ करोडभन्दा बढी क्षतिपूर्ति

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १०:५१ मा प्रकाशित

bird flueकाठमाण्डु, २८ मंसिर– कृषि विकास मन्त्रालयले देशका छ वटा स्थानमा बर्डफ्लुु रोगबाट कुखुरा, अन्डा, दाना र मासुको क्षतिवापत हालसम्म २१ करोड १६ लाख ७९ हजार रुपैयाँ क्षतिपूर्ति सम्बन्धित व्यवसायीलाई प्रदान गरेको छ ।

गत साउन महिनाको प्रारम्भबाट तीव्र रूपमा फैलिएको सो रोगबाट कुखुरा व्यवसायमा ठूलो क्षति पुगेको थियो । भक्तपुरमा आठ करोड १० लाख, काठमाडौँमा ४८ लाख ६९ हजार, मकवानपुरमा १२ लाख ९५ हजार, ललितपुरमा २५ लाख ९५ हजार, काभ्रेमा रु एक करोड १० लाख र सिन्धुपाल्चोकमा रु एक लाख ६९ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुँइटेलले बताए ।

त्यसैगरी गहँुको बीउ ३५ प्रतिशत अनुदानमा चार हजार ९१० मेट्रिक टन दिने निर्णय भई सोअनुसार बिक्री भइरहेको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलमा गहुँको बीउसम्बन्धी विभिन्न समस्या आएको भन्ने गुनासो आएकाले सो मन्त्रालयले राष्ट्रिय बीउबिजन कम्पनीलाई अनुगमन गरी यथार्थ विवरण बुझाउन निर्देशन गरेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us