एकै सिजनमा ७ लाख

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ३:५९ मा प्रकाशित

नेपालगन्ज, २८ मंसिर–बाँके जिल्लाका सात गाउँ विकास समितिका कृषक अहिले ‘व्यावसायिक बगर तरकारीखेती’तर्पm आकर्षित भएका छन् । इलम प्लस हेल्बेटास संस्थाले जिल्लाका कम्दी, बनकट्टी, बेतहनी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा व्यावसायिक बगर तरकारीखेती योजना सञ्चालन गरेपछि त्यस गाविसका कृषक सो खेतीतर्पm हौसिएका हुन् ।

कार्यक्रमअन्तर्गत गठित राप्तीपीडित बगर कृषक समूह, भेरी—राप्ती बगर कृषक समूह र नदी कटान बाढीपीडित कृषक समूहमा आबद्ध कृषकले करिब १९० कट्ठामा तरकारीखेती गरिरहेका छन् । नदी किनारको बगरमा सजिलै फल्ने लौका, फर्सी, करेला, तरबुजा र क्राँक्रा खेती गर्दै आएका कृषकले वर्षको एक सिजनबाट करिब सात लाख रुपैयाँ आम्दानी गर्ने बताएका छन् ।

हेल्बेटास संस्थाका अनुसार संस्थाले व्यावसायिक बगर तरकारीखेतीका लागि बीउबिजन, मल तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us