
कास्की, २४ मंसिर– राष्ट्रिय परोपकार महासंघ नेपालले पोखरा रंगशालामा शनिबारदेखि श्रीमद्भागवत धनधान्याचल विराट ज्ञानमहायज्ञ सञ्चालन गरेको छ । सो महायज्ञमा आजसम्म भूमि र गोप्यदानसहित २८ लाख रुपैयाँ संकलन भएको छ ।
महायज्ञमा करिब १५ लाख रुपैयाँ बराबरको भूमि तथा १२ लाख ६१ हजार रुपैयाँ संकलन भएको मिडिया परिचालन समितिका संयोजक महाप्रसाद सुवेदीले बताएका छन् । महायज्ञ मंसिर २९ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा ४५ जिल्लाबाट भक्तजन आउने क्रम जारी छ ।
सामाजिक सेवामा विभिन्न काम गर्दै आएको महासङ्घले बाल आश्रममा रहेका अनाथ बालकलाई शिक्षादीक्षा दिन अक्षयकोष स्थापना, कल्पवृक्ष प्रवद्र्धन, ज्येष्ठ नागरिक चौतारी, गौरक्षा अभियान, धर्मशाला एवम् अन्नक्षेत्र भवन निर्माणलगायत कार्य गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरेको हो । महायज्ञलाई पण्डित कमलनयन गौतमले वाचन गरेका छन् ।