सुरुङमार्गमा २४ करोडको काम सुरु

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ४:३० मा प्रकाशित

हेटौंडा, २४ मंसिर–बहुचर्चित हेटौंडा–कुलेखानी–काठमाण्डु सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणको निर्माण कार्यमा २४ करोड रुपैयाँ खर्च लाग्नेछ । यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले कामको सुरुवात भीमफेदीबाट कुलेखानीसम्मको सुरुङ खनेर गरिएकाले पनि कामका लागि सो मार्ग प्रयोग आई ढुवानीमा सहजता आउने बताए ।

सुरुङमार्ग हेटौंडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैंसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ रानीखोला निस्कने र त्यहाँबाट काठमाण्डुको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us