४ महिनामा साढे २ अर्ब राजस्व

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ११:०१ मा प्रकाशित

chitwan mapचितवन, १८ मंसिर– अन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब ५४ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्यायले जनाए ।

राजस्व कार्यालयले यस आवको अन्त्यसम्ममा रु आठ अर्ब ३६ करोड ३८ लाख ८६ हजार राजस्व अशुली गर्ने लक्ष्य राखेको छ । आवको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी रु सात करोड दुई लाख १९ हजार राजस्व सङ्कलन गरेको प्रमुख उपाध्यायले बताए ।

कार्यालयले पहिलो चौमासिकमा सबैभन्दा बढी राजस्व अन्तःशुल्कबापत उठाएको छ । अन्तःशुल्कबाट दुई अर्ब १६ करोड ४४ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । लक्ष्यभन्दा ६ करोड ५३ लाख ३५ हजार रुपैयाँ अन्तःशुल्कबाट बढी सङ्कलन गरेको छ ।

कार्यालयले मूल्य अभिवृद्धि करअन्तर्गत २१ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा बढी पाँच करोड ४२ लाख ८४ हजार रुपैया राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्र्यालयले आय करअन्तर्गत १४ करोड ९० लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले शिक्षा सेवा करअन्तर्गत ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । स्वास्थ्य सेवा करअन्तर्गत ८९ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो अर्थिक वर्षको तुलनामा यस वर्ष शतप्रतिसत राजस्व बढी सङ्कलन गरेको हो । गत आवमा भन्दा यस आवमा राजस्व सङ्कलन बढ्ने र पहिलो चौमासिकको प्रगतिअनुसार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान कार्यालयले गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us