एलडिसीको बैठक आजै

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ११:१३ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, १७ मंसिर– विश्व व्यापार सङ्गठनको नवौँ मन्त्रिस्तरीय विश्व सम्मेलनअन्तर्गत सोमबर अति कम विकसित मुलुक (एलडिसी)को बैठक बस्दैछ ।

बैठकको अध्यक्षता नेपाली प्रतिनिधिमण्डलका प्रमुख तथा अर्थ र वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले गर्दै छन् । मन्त्री कोइरालाका प्रेस सहयोगी संकेत कोइरालाका अनुसार सम्मेलनकै क्रममा ब्राजिलले संयोजन गर्ने ‘जिट्वान्टी’ को मन्त्रिस्तरीय बैठकमा पनि नेपालले सहभागिता जनाउँदैछ ।

अहिले बैठक स्थल इन्डोनेसियाको बालीमा सहभागी आउने क्रम जारी छ । सम्मेलनमा विश्वभरका झन्डै १० हजार प्रतिनिधि र पर्यवेक्षक बालीमा सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us