अर्थ

स्याङ्जामा नुन अभाव

२०७० मंसिर २ गते १:४८

स्याङ्जा, २ मंसिर–साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा नुनको अभाव नरहेको बताइरहेका बेला स्याङ्जामा भने एक्कासि नुनको अभाव देखिएको छ । सञ्चारमाध्यममार्फत नुनको अभाव भन्ने हल्ला बजारमा छाएपछि व्यापारीले पछि महँगो शुल्कमा बिक्री गर्न पाइन्छ भनेर लुकाएको हुनसक्ने अनुमान उपभोक्ताले लगाएका छन् । नुनको अभाव भन्ने...

करको दायरा बढाउन करमैत्री प्रशासन

२०७० मंसिर १ गते ११:३८

काठमाण्डु, १ मंसिर– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले करको दायरा विस्तार गर्न सरकारले कर प्रशासनमा संरचनागत, प्रक्रियागत एवम् नीतिगत सुधार थालिएको उल्लेख गर्दै राज्यको प्राथमिकता करमैत्री राजस्व प्रशासन भएको बताएका छन् । ‘उच्च व्यावसायिक नैतिकताको सम्मान, करदातामैत्री करप्रशासनको अभियान’ नाराका साथ आन्तरिक राजस्व विभागले शनिबार आयोजना...

चुनावी सामान ढुवानीमा ३ करोड ३१ लाख

२०७० मंसिर १ गते १०:३७

काठमाण्डु, १ मंसिर– निर्वाचन अयोगले अगामी निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री सुरक्षित रुपमा मतदानस्थलमा पुर्‍याउन र मतपेटिकालगायत अन्य सामग्री जिल्ला सदरमुकाम ल्याउन ढुवानीका लागि रु तीन करोड ३१ लाख निकासा गरेको  छ । निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित ६८ प्रकारका निर्वाचन सामग्री लिएर  मतदानस्थलमा खटाइएका...

चुनावका दिन अरुलाई ठप्प, पर्यटकलाई सवारी

२०७० मंसिर १ गते १०:१५

काठमाण्डु, १ मंसिर– संविधानसभा निर्वाचनका दिन यातायात बन्द हुने र यसबाट पर्यटकीय सेवामा असुविधा पर्न जाने हुँदा पर्यटक सटल बसहरु सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । नेपाल पर्यटन बोर्डसँगको समन्वयमा निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीबाट अनुमति...

दोस्रो राष्ट्रिय कर दिवस आज

२०७० मंसिर १ गते ३:५६

काठमाण्डु, १ मंसिर– करको जागरण अभियानलाई तीव्र बनाउन र करको चर्चा घर घरमा पुर्याउने उद्देश्यले दोस्रो राष्ट्रिय कर दिवस शनिबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । सरकारले गत बर्षदेखि मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउन शुरु गरेको थियो । दोस्रो राष्ट्रिय कर...

नुनको कृतिम अभाव गर्दै कालोबजारी

२०७० कार्तिक २९ गते ११:५२

विराटनगर, २९ कात्तिक– पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ । बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताए । कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात...

चुनाव लगत्तै खाद्य महोत्सव

२०७० कार्तिक २९ गते ११:४५

पोखरा, २९ कात्तिक– पोखरा नगर रेस्टुरेन्ट तथा वार एसोसिएसनले आगामी मङ्सिर १३ देखि २३ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा दोस्रो सिटी रेवान महोत्सव तथा खाद्य महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा १३० वटा कक्ष रहने छन् । जसमा व्यवसाय  प्रयोजनका लागि  ११०, रेस्टुरेन्टका लागि...

टेलिफोन अवरुद्ध भएपछि एक दिन हिँड्नुपर्ने

२०७० कार्तिक २९ गते ९:०७

जाजरकोट, २९ कात्तिक– जाजरकोट उत्तरपूर्वी क्षेत्रमा रहेको बारेकोटमा स्काइ फोन सेवा एक महिनादेखि अवरुद्ध भएपछि स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । फोन अवरुद्ध भएपछि फोन गर्नकै लागि एक दिन हिँडेर खगेनकोट गाविसमा आउनुपर्ने बाध्यता भएको नायकवाडाका मोहन विक्रम शाहीले बताए । संविधानसभाको...

बङ्गलादेशमा गार्मेन्ट कारखाना पुनः सञ्चालन

२०७० कार्तिक २९ गते ७:४८

ढाका,२९ कात्तिक–बङ्गलादेशमा २०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बिहीबार पुनः सञ्चालनमा आएका छन । न्यूनतम ज्याला भएको कारण हडतालमा उत्रिएका कामदारहरूको मागलाई लिएर गार्मेन्ट मालिकहरू र प्रधानमन्त्रीबीच भएको वार्तापछि कारखाना पुनः सञ्चालनको लागि कारखाना मालिकहरू मञ्जुर भएका हुन । चार दिनसम्म कारखाना बन्द गरेका गार्मेन्ट...

चुनावसँगै बजार अनुगमन सुस्तायो, नुन प्रतिप्याकेट ५० रुपैयाँ तिर्न उपभोक्ता बाध्य

२०७० कार्तिक २९ गते २:१२

रौतहट, २९ कात्तिक–संविधानसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै जिल्लास्तरीय अनुगमन समितिले बजार अनुगमन गर्न तदारुकता नदिएपछि रौतहटमा उपभोक्ता ठगिन थालेका छन् । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र रहेको सदरमुकाम गौरसहित गङ्गापिपरा, गरुडा, समनपुर, कटहरिया, राजपुरलगायतका बजार क्षेत्रमा रहेका किराना पसलले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको पाइएको...

टेलिफोनमा आजदेखि तीन महिनासम्म छुट

२०७० कार्तिक २९ गते १:२८

काठमाण्डु, २९ कात्तिक–नेपाल टेलिकमले शुक्रवारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ । घरमा जडान गरिएको तारयुक्त ‘पिएसटिएन’, ताररहित ‘सिडिएमए’ र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार...

तातोपानी नाका २४ घन्टा सिल गर्ने सहमति

२०७० कार्तिक २९ गते १:२४

सिन्धुपाल्चोक, २९ कात्तिक–संविधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै सिन्धुपाल्चोकको तातोपानी नाका २४ घन्टाको लागि सिल गरिने भएको छ । नेपाल र चीन सरकारको सहमतिअनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राखी तातोपानी नाकामा मङ्सिर ३ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म आवतजावत बन्द गरिन लागेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us