बागलुङ, १४ असोज–धवलागिरि अञ्चलमा चालु आर्थिक वर्षमा विकास योजना सञ्चालनका लागि सरकारले करिब तीन अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । अञ्चलका चारै जिल्लामा विकास कार्यक्रमका लागि सरकारले यो वर्ष दुई अर्ब ८० करोड ७७ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । विभिन्न...
लमजुङ, १४ असोज – बेसीसहर–चामे सडकका ठाउँठाउँमा पहिरोले सडक भत्काएपछि तीन महिनादेखि सो सडकमा यातायात सञ्चालन हुन सकेको छैन । पहिरोले सडक भत्काएपछि मनाङमा पहिलेजस्तै हिँडेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने खाद्यान्नलगायत सामानको ओसारपसारका लागि खच्चर र भरियाको भर पर्नुपर्ने अवस्था आएको छ...
काठमाण्डु, १३ असोज– प्रभू मनि ट्रान्सफरले दशैं, तिहार र छठका अवसरमा सार्वजनिक गरेको उपहार योजनाको पहिलो विजेताको नाम घोषणा गरेको छ । ‘प्रभूको पास लिउँ दशैं तिहार र छठ खुसीले मनाऔं’ भन्ने नारा तय गरिएको यस उपहार योजनाअनुसार जनकपुरकी कुशुमदेवीले एक किलोग्राक सिल्भर जितेकी...
काठमाण्डु असोज–सोल्टी होटल लिमिटेडस्थित क्यासिनोमा विगत ३० वर्षभन्दा बढी अवधि काम गरेका मुुकुन्दराज खरेलसहितका ४९ जना कामदार कर्मचारीहरुको बक्यौता पारिश्रमिक, भत्ता लगायतको ८ करोड रुपैंया ७ दिनभित्र भुक्तानी दिई साविक सेवामा लगाउन श्रम कार्यालय, वागमती अञ्चलले नयाँ व्यवस्थापन क्यासिनो माजोङलाई शुक्रबार आदेश दिएको छ...
काठमाण्डु, १२ असोज । अर्थमन्त्रालयले बजेटमा समेटिएका ९६ प्रतिसत आयोजना स्वीकृत गरेको छ । बजेट सार्वजनिक गरेको दुई महिनाको अवधिमा मन्त्रालयले ९६ प्रतिसत आयोजना स्वीकृत गरेको हो । बजेट लक्ष्य अनुसार खर्च गर्न सरोकारवाला निकायलाई सहयोग पुगोस भनेर कार्यक्रम स्वीकृत गर्न तोकेता गरिएको हो...
काठमाण्डु , १२ असोज– यो साता सेयर कारोबार रकम र नेप्से दुबै घटेको छ । साताभरमा ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर मात्रै कारोबार भएको छ । केही साता अघिको तुलनामा यो निकै कम हो । गत साताको तुलनामा पनि यो कारोबार रकम...
१२ असोज – काठमाण्डु उपत्यका र आसपास क्षेत्रमा अवरुद्ध नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ । उपत्याका तीनवटै जिल्ला र सिमाना जोडिएका नुवाकोट, सिन्धुपाल्चोक र धादिङका केही क्षेत्रमा बिहान करिब ४ घण्टा पोष्टपेड र प्रिपेड मोबाइल सेवा अवरुद्ध भएको थियो । टेलिकम अधिकारीहरुले...
काठमाण्डु ११ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट वक्तव्यमा परेका राष्ट्रिय प्राथमिकता प्राप्त विद्युत आयोजनाहरुको काम युद्धस्तरमा अघि बढाउन आग्रह गरेका छन । नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री कोइरालाले त्यसका लागि अर्थ मन्त्रालयले तत्काल थप एक अर्ब रुपैयाँ दिने बताए ।...
काठमाण्डु, ११ असोज–नेपाल अन्तराष्ट्रिय गुणस्तर संस्था (आइएसओ)को पूर्ण सदस्य बनेको छ । यसअघि नेपाल पत्राचार सदस्य मात्र रहेको थियो । संस्थाको यही सेप्टेम्वरमा सोभियत रुसको सेन्ट पिटर्सवर्गमा आयोजित ३६ औं साधारण महासभाले नेपाललाई पूर्णसदस्यता प्रदान गरेको हो । पूर्णसदस्यता आगामी जनवरी सन् २०१४ देखि...
काठमाण्डु, ११ असोज–३४ औं विश्व पर्यटन दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘पर्यटन र पानी बचाऔं हाम्रो साझा भविष्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । पर्यटनक्षेत्रसँग सम्वन्धित विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरेका छन् ।...
धादिङ, १० असोज – धादिङको पृथ्वी राजमार्ग आसपास क्षेत्रका होटलहरुले खसीको मासु भन्दै यात्रुलाई बाख्राको मासु खुवाउने गरेको रहस्य खुलेको छ । होटल व्यवसायीले खसीको मासुको दरमा झुक्याएर बाख्रोको मासु बेच्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा बाख्रोको मासु बेच्ने गरेको पुष्टि भएको हो ।...
मकवानपुर, १० असोज– म्याद नाघेका पेय पदार्थ विक्री वितरण गर्दै आएको बोटलर्स नेपालको हेटौडास्थित डिलर नारायणी सप्लायर्समा स्थानीय प्रशासनले शिलवन्दी गरेको छ । अनुगमनको क्रममा ठूलो मात्रामा म्याद नाघेका पेय पदार्थ फेला परेकाले शिलवन्दी गरेको प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले जानकारी दिए ।...