तातोपानी नाका २४ घन्टा सिल गर्ने सहमति

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:२४ मा प्रकाशित

सिन्धुपाल्चोक, २९ कात्तिक–संविधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै सिन्धुपाल्चोकको तातोपानी नाका २४ घन्टाको लागि सिल गरिने भएको छ ।
नेपाल र चीन सरकारको सहमतिअनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राखी तातोपानी नाकामा मङ्सिर ३ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म आवतजावत बन्द गरिन लागेको हो ।
तातोपानीमा भएको दुवै देशको सीमा सुरक्षा बैठकमा नेपाली पक्षको नेतृत्व भन्सार प्रमुख मिमांश अधिकारीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व एसोसियसन डाइरेक्टर अफ म्यानेजिङ कमिटी एफ खासा पोर्टका गे साङले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us