टेलिफोन अवरुद्ध भएपछि एक दिन हिँड्नुपर्ने

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ९:०७ मा प्रकाशित

nepal telecomजाजरकोट, २९ कात्तिक– जाजरकोट उत्तरपूर्वी क्षेत्रमा रहेको बारेकोटमा स्काइ फोन सेवा एक महिनादेखि अवरुद्ध भएपछि स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

फोन अवरुद्ध भएपछि फोन गर्नकै लागि एक दिन हिँडेर खगेनकोट गाविसमा आउनुपर्ने बाध्यता भएको नायकवाडाका मोहन विक्रम शाहीले बताए । संविधानसभाको चुनावी माहोल बढे पनि त्यस क्षेत्रमा के भइरहेको छ भन्नेसम्म टेलिफोनको अभावमा थाहा हुन नसकेको शाहीले बताए ।

रोकायगाउँ, रामीडाँडा, सक्ला र नायकवाडा गाविसका हजारौँ नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । नायकवाडाको रतनकोटमा रहेको स्काइ फोनको टावर के कारणले गर्दा खराबी आएको भन्ने कुरासम्म खुल्न सकेको छैन । यता नेपाल टेलिकम जाजरकोट शाखाका प्रमुख हरि शाहले बिग्रिएको ठाउँ हिमाली क्षेत्र भएकाले मर्मतमा ढिला भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us