चुनाव लगत्तै खाद्य महोत्सव

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ११:४५ मा प्रकाशित

khadya_mahotsavपोखरा, २९ कात्तिक– पोखरा नगर रेस्टुरेन्ट तथा वार एसोसिएसनले आगामी मङ्सिर १३ देखि २३ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा दोस्रो सिटी रेवान महोत्सव तथा खाद्य महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सवमा १३० वटा कक्ष रहने छन् । जसमा व्यवसाय  प्रयोजनका लागि  ११०, रेस्टुरेन्टका लागि १२ र विभिन्न सामाजिक सङ्घसंस्था, सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आठ वटा कक्ष हुने एसोसिएसनद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्माले जानकारी दिए ।

महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, उपभोग्य वस्तु, हास्य व्यङ्ग्य एवम् ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने छ । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न रु २७ लाख २० हजार खर्च लाग्ने र रु २९ लाख ७० हजार आम्दानी हुने बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us