टेलिफोनमा आजदेखि तीन महिनासम्म छुट

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:२८ मा प्रकाशित

Nepal-Telecom-Logoकाठमाण्डु, २९ कात्तिक–नेपाल टेलिकमले शुक्रवारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ ।

घरमा जडान गरिएको तारयुक्त ‘पिएसटिएन’, ताररहित ‘सिडिएमए’ र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार मिनेटको महसुल एक रुपैया कायम गरेको नेपाल टेलिकमले जनाएको छ । यसअघि उक्त अवधिमा फोन गर्दा ग्राहकले प्रति दुई मिनेट एक रुपैया तिनुपथ्र्यो ।

टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एक अञ्चलबाट अर्को अञ्चलमा गरिने र एकै अञ्चलमा हुने ‘ट्रंकल’मा एक रुपैयामा ९० सेकेन्ड कुरा गर्न पाइने छ । यसअघि एक मिनेटमा त्यस्तो सुविधा उपलब्ध गराइएको थियो ।

त्यसैगरी मोबाइल र सिडिएमए पोस्टपेड मोबाइलबाट शनिबार बिहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ । यसअघि उक्त सेवाको महसुल प्रतिमिनेट एक रुपैया कायम गरिएको थियो । टेलिकमले मोबाइल र सिडिएमए प्रिपेडबाट गरिने फोनमा पनि प्रतिमिनेट ५० पैसा घटाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us