चुनावका दिन अरुलाई ठप्प, पर्यटकलाई सवारी

काठमाण्डु टुडे २०७० मंसिर १ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– संविधानसभा निर्वाचनका दिन यातायात बन्द हुने र यसबाट पर्यटकीय सेवामा असुविधा पर्न जाने हुँदा पर्यटक सटल बसहरु सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

नेपाल पर्यटन बोर्डसँगको समन्वयमा निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिई विमानस्थलबाट पर्यटक बसेका विभिन्न तारे होटलहरु र पुनः विमानस्थलसम्म दिनभर तीन वटा बस सञ्चालन हुने बताइएको छ ।

पहिलो बस विमानस्थलबाट नयाँ सडक, अन्नपूर्ण, याक एन्ड यति होटल हुँदै ठमेल चोक, एम्बेस्डर होटलबाट पुनः विमानस्थल जाने छ भने दोस्रो बस विमानस्थलबाट गौशाला दरबारमार्ग, र्‍याडिसन होटल, महाराजगन्ज हायात होटल हुँदै विमानस्थल पुग्ने छ । त्यसैगरी तेस्रो बस विमानस्थलबाट तीनकुने एभरेष्ट होटल हुँदै माइतीघर, हिमालय होटल, जावलाखेल, सोल्टी होटल हँुदै पुनः विमानस्थल जाने व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us