दोस्रो राष्ट्रिय कर दिवस आज

काठमाण्डु टुडे २०७० मंसिर १ गते ३:५६ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– करको जागरण अभियानलाई तीव्र बनाउन र करको चर्चा घर घरमा पुर्याउने उद्देश्यले दोस्रो राष्ट्रिय कर दिवस शनिबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

सरकारले गत बर्षदेखि मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउन शुरु गरेको थियो ।

दोस्रो राष्ट्रिय कर दिवसको अवसरमा शनिबार १३ जना उत्कृष्ट करदाता र ११ जना कर प्रशासनका कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।

अझै पनि आम नागरिकमा करबारे पर्याप्त जानकारी नभएकाले कर जागरण अभियानलाई अझै बढाउनु पर्ने खाँचो देखिएको सरोकारवालाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us