ढाका, २६ कात्तिक । बङ्गलादेशमा केही समययतादेखि सुरु भएको सरकार विरोधी आन्दोलन एवम् आम हड्तालका कारण आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव पर्न थालेको समाचारमा जनाइएको छ । सो अन्दोलनका कारण बङ्गलादेशको बन्द व्यापारका साथै अन्य आर्थिक क्रियाकलापमा पनि मन्दी छाएको छ । साथै पर्यटक...
खोटाङ, २६ कात्तिक–सबै उम्मेदवारले जिल्लाका पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा पार्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले हलेसी, ट्याम्के, बाराहापोखरी, साल्पापोखरी, रुपाकोटडाँडा, सिलीचुङडाँडा, मझुवागढीलगायतका पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेका हुन् । चुनावी अभियानमा जुटेका एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), सङ्घीय समाजवादी पार्टी,...
भक्तपुर, २५ कात्तिक–नेकपा–माओवादीलगायतको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्तालका क्रममा भक्तपुरमा अज्ञात समूहको आगजनीबाट क्षतिग्रस्त गाडीलाई जिल्ला प्रशासन कार्यलयले तत्काल क्षतिपूर्ति उपलब्ध गराएको छ । सानोठिमीस्थित एसओएस नजिकै बालुवा डिपोमा रोकिराखेको अवस्थामा गएराति अरनिको यातायातको ना३ख ३७११ नम्बरको बसमा आगजनी भएको थियो । यातायात...
हेटौँडा, २५ कात्तिक–हेटौँडा–कुलेखानी–काठमाण्डु सुरुङ मार्ग निर्माणको काम सोमबारदेखि सुरु भएको छ । मकवानपुरको भीमफेदीबाट सुरुङमार्ग निर्माणको काम सुरु गरिएको हो । दुईवटा एक्साभेटरले काम सुरु गरेको छ भने अरु एक्साभेटर चुनावपछि थपिने नेपाल पूर्वाधार विकास कम्पनीका सिद्धिलाल श्रेष्ठले बताए । यो सुरुङमार्ग देशकै पहिलो...
विराटनगर, २५ कात्तिक– अखाद्य पदार्थ तथा तोकिएको मापदण्डविपरीत उत्पादन गर्ने मोरङ जिल्लामा सञ्चालित पाँच बिस्कुट उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आव २०६९÷०७० मा अनुगमनको आधारमा न्यून गुणस्तरका बिस्कुट उत्पादन गर्ने उद्योग विरुद्ध मुद्दा दायर...
काठमाण्डु, २५ कात्तिक– कृषि विकास र वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले आसन्न संविधानसभाको चुनावसम्म अत्यावश्यक वस्तुको सहज आपूर्ति गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । दूध, अन्डा, माछा, मासु, तरकारी फलफूललगायतका वस्तुको अविछिन्न व्यवस्थापन गर्न सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा कार्यक्रम निर्देशकलाई निर्देशन...
काठमाण्डु २५ कात्तिक–आगामी मंसिर २७ देखि पुस १ गतेसम्म भारतको आर्थिक राजधानी मुम्बइमा नवौं अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी हुने भएको छ ।अखिल भारत प्लास्टिक उत्पादक संघको आयोजनामा हुने प्रदर्शनीमा नेपालका प्लास्टिक उद्यमीलाई आमन्त्रण गर्न आएको सङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डलले काठमाण्डुमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको...
काठमाण्डु, २४ कात्तिक– अर्को संविधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका १३० राजनीतिक दलबीच एउटा दल नेपाल बन्द, हडताल, आन्दोलन, नारा, जुलुस, चन्दाआतङ्क बन्द गरौँ भन्ने मूल एजेन्डाका साथ चुनावी मैदानमा देखिएको छ । उद्यमी र व्यवसायीको नेतृत्व रहेको नवनेपाल निर्माण पार्टी नामक सो दलको एजेन्डा, प्रचारशैली,...
महोत्तरी, २४ कात्तिक– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा यो वर्ष छठ पर्वको अवसरमा रु २० लाख बढीको केराको बिक्री भएको छ । केरा व्यापारीले छठका अवसरमा जलेश्वरमा बुद्धिजीवी चोकका केरा व्यापारी सत्यनारायण पुर्वेले आफू एक्लैले आठ ट्रक केरा बेचेको बताए । त्यस्तै अर्का दुर्गा चोकका...
धुलिखेल, २४ कात्तिक–काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । संघको अघिल्लो कार्यसमितिमा महासचिव रहेका वैद्य दिलीप श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार भएको संघको चुनावको परिणाम गएराति अबेर सार्वजनिक भएको थियो । यस्तै सहसचिवमा रवीन्द्र वैद्यार विजयी...
बुटवल, २३ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लुम्बिनीलाई केन्द्रमा राखी रेलमार्ग निर्माणको योजना अगाडि बढिरहेको बताएका छन् । एमाओवादीको मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत बुटवलमा भएको जनसभामा सम्बोधन गर्दै प्रचण्डले नेपालमा रेल मार्गको अत्यावश्यक भएको बताउँदै लुम्बिनीलाई चीनको ल्हासा र जनकपुरसम्म रेल...
इलाम, २३ कात्तिक– पर्याप्त कच्चापदार्थको उपलब्धतापछि इलामका ग्रामीण क्षेत्रमा बाँसका फर्निचर बनाउने उद्योग सञ्चालनमा आउन थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिले बाँसका फर्निचर बनाउने तालिम प्रदान गरेपछि उद्योग सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको गोदक, जितपुर, इलाम नगरपालिका, मङ्गलबारे, नयाँबजार, गाविसमा...