अखाद्य बिस्कुट बनाउने ५उद्योगविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ११:४२ मा प्रकाशित

biratnagat gateविराटनगर, २५ कात्तिक– अखाद्य पदार्थ तथा तोकिएको मापदण्डविपरीत उत्पादन गर्ने मोरङ जिल्लामा सञ्चालित पाँच बिस्कुट उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आव २०६९÷०७० मा अनुगमनको आधारमा न्यून गुणस्तरका बिस्कुट उत्पादन गर्ने उद्योग विरुद्ध मुद्दा दायर गरिएको  हो ।

कार्यालयका प्रमुख उपेन्द्र रायकाअनुसार मोरङ जिल्लामा सञ्चालित ४४ उद्योगमाथि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरिएको हो । यसरी मुद्दा दायर गरिएका उद्योगमा सूर्यमुखी तेल, सोयाविन तेल, पामोलियन तेल, वनस्पति घ्यू, तोरीको तेल, डेरी उद्योग, पिउने पानी (मिनरल वाटर), मसला, बिस्कुट, पाउरोटी (ब्रेड), सुजी, बेसन र चकलेटलगायतका खाद्यवस्तु छन् ।

सो कार्यालयले पूर्वाञ्चलमा ८८ उद्योगमाथि मुद्दा दायर गरेको छ भने थप उद्योगमाथि मुद्दा गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी मुद्दा चलाइने जिल्लामा मोरङ, सुनसरी, झापा, सिरहा र सप्तरी रहेको बुझिएको छ । जहाँबाट उत्पादन भएको हुन्छ सोही जिल्लामा मुद्दा पनि दायर गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । सो कार्यालयले पूर्वाञ्चलको सहर तथा ग्रामीण क्षेत्रबाट ७०० खाद्य वस्तुको नमुना सङ्कलन गरी जाँच गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us