काभ्रे उद्योग वाणिज्य संघमा वैद्य

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ४:५७ मा प्रकाशित

धुलिखेल, २४ कात्तिक–काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

संघको अघिल्लो कार्यसमितिमा महासचिव रहेका वैद्य दिलीप श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार भएको संघको चुनावको परिणाम गएराति अबेर सार्वजनिक भएको थियो ।

यस्तै सहसचिवमा रवीन्द्र वैद्यार विजयी भएका छन् । संघको अन्य सबै पदमा सहमति भए पनि अध्यक्ष र सहसचिव पदमा सहमति नभएपछि शनिबार राति चुनाव भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us