दूध, अन्डा, तरकारीको आपूर्ति सहज बनाउन निर्देशन

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ११:३० मा प्रकाशित

vegitableकाठमाण्डु, २५ कात्तिक– कृषि विकास र वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले आसन्न संविधानसभाको चुनावसम्म अत्यावश्यक वस्तुको सहज आपूर्ति गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

दूध, अन्डा, माछा, मासु, तरकारी फलफूललगायतका वस्तुको अविछिन्न व्यवस्थापन गर्न सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा कार्यक्रम निर्देशकलाई निर्देशन दिएका हुन् । कृषि विकास मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकद्वारा सोमबार जारी विज्ञप्तिमा मन्त्री थापाको अध्यक्षतामा कृषि विकास मन्त्रालय र वन तथा भूसंक्षण मन्त्रालयका कर्मचारीको संयुक्त बैठकपछि उक्त निर्देशन दिएको उल्लेख गरिएको छ ।

मन्त्री थापाले कृषिसँगसम्बन्धी विभिन्न व्यवसायीलाई आपूर्ति व्यवस्था सहज बनाउन आह्वान गरिएको उल्लेख गर्दै सो कार्यका लागि नेपाल सरकारले सुरक्षा योजना बनाई लागू गरेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us