हेटौँडा–कुलेखानी–काठमाण्डु सुरुङमार्ग निर्माण सुरु

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १४:३४ मा प्रकाशित

हेटौँडा, २५ कात्तिक–हेटौँडा–कुलेखानी–काठमाण्डु सुरुङ मार्ग निर्माणको काम सोमबारदेखि सुरु भएको छ ।  मकवानपुरको भीमफेदीबाट सुरुङमार्ग निर्माणको काम सुरु गरिएको हो । दुईवटा एक्साभेटरले काम सुरु गरेको छ भने अरु एक्साभेटर चुनावपछि थपिने नेपाल पूर्वाधार विकास कम्पनीका सिद्धिलाल श्रेष्ठले बताए ।
यो सुरुङमार्ग देशकै पहिलो सुरुङमार्ग हो । यसको निर्माणपछि काठमाण्डुदेखि हेटौँडासम्म ५६ किलोमिटरको दूरी डेढ घन्टामै पूरा गर्न सकिनेछ ।
अहिले काठमाण्डुबाट हेटौँडा पुग्न त्रिभुवन राजपथबाट १३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २२७ किलोमिटर पर्छ । सुरुङ निर्माण कार्य चार वर्षमा सक्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us