आमहड्तालका कारण बङ्गलादेशमा आर्थिक मन्दी

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ९:२१ मा प्रकाशित

bangaladesh-flag-mapढाका, २६ कात्तिक । बङ्गलादेशमा केही समययतादेखि सुरु भएको सरकार विरोधी आन्दोलन एवम् आम हड्तालका कारण आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव पर्न थालेको समाचारमा जनाइएको छ । 

सो अन्दोलनका कारण बङ्गलादेशको बन्द व्यापारका साथै अन्य आर्थिक क्रियाकलापमा पनि मन्दी छाएको छ । साथै पर्यटक आगमनमा पनि सो आन्दोलनको प्रभाव परिरहेको बताइएको छ । सोही कारण केही उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चापदार्थ पनि आउन नसकेका र जसका कारण साना उद्योगहरु नै बन्द हुन पुगेका छन् ।

उता उच्च तलबको माग गरिरहेका तयारी पोशाकका मजदुरहरूको प्रहरीसँग मुठभेड भएको छ र तिनीहरूले बङ्गलादेशको राजधानी ढाका बाहिरको एक औद्योगिक क्षेत्रमा रहेका कारखानाहरूमा आक्रमण गरेका छन् । पछिल्लो समयमा प्रस्तावित सो ज्यालामा यसअघिको न्यूनतम मासिक ज्यालाको तुलनामा ७७ प्रतिशतले वृद्धि गरिएको थियो । तर सो पछिल्लो प्रस्तावित ज्याला पाउनुपर्ने माग उनीहरुको रहेको छ ।

मजदुरहरूले न्यूनतम मासिक ज्याला आठ हजार ११४ टाका हुनुपर्ने माग गरेका छन् । सोमबार बिहानबाट भिडन्त सुरु भएपछि थप हिंसा हुन नदिन औद्योगिक प्रहरी परिचालन गरिएको छ । सो प्रहरीले असुलिया र साभार क्षेत्रका कम्तीमा एकसय तयारी पोशाकका कारखानालाई बन्द गरिएको छ ।

सरकारले नियुक्त गरेको एक समितिले गत साता न्यूनतम मासिक ज्याला ६६ दशमलव २५ हुने प्रस्तावमा मतदान गरेको थियो तर कारखाना मालिकहरूले त्यसलाई अनुमोदन गरेका छैनन् । वृद्धि गरिएको न्यूनतम मासिक ज्याला अहिले पनि विश्वमा सबैभन्दा कम हो ।

बङ्गलादेशमा सरकार विरोधी आम हड्ताल र आन्दोलन जारी रहेको छ । चुनावी सरकार गठन गर्नुपर्ने मागगर्दै सो आन्दोलन गरिएको छ । तर वर्तमान सरकारले भने चुनावी सरकार नभई वर्तमान प्रधानमन्त्रीकै अध्यक्षतामा विपक्षीका सदस्यहरु पनि समावेश गरी संयुक्त सरकार गठन गर्ने बताएको छ । तर उक्त प्रस्तावलाई पनि विपक्षीले अस्वीकार गरिसकेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us