व्यापारी, उद्योगीको दल पनि चुनावी मैदानमा

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १०:५२ मा प्रकाशित

moti dugad naba nepal partyकाठमाण्डु, २४ कात्तिक– अर्को संविधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका १३० राजनीतिक दलबीच एउटा दल नेपाल बन्द, हडताल, आन्दोलन, नारा, जुलुस, चन्दाआतङ्क बन्द गरौँ भन्ने मूल एजेन्डाका साथ चुनावी मैदानमा देखिएको छ ।

उद्यमी र व्यवसायीको नेतृत्व रहेको नवनेपाल निर्माण पार्टी नामक सो दलको एजेन्डा, प्रचारशैली, उद्देश्य नै फरक र नौलो रहेको छ । कसैलाई चन्दा नदिने र कसैसँग चन्दा नलिने घोषणा गरेको सो दलको राजनीतिक एजेन्डाभन्दा समाजसेवाका उद्देश्यहरु आफ्नो प्रतिबद्धतामा उल्लेख भएकाले गैरसरकारी संस्था नै हो कि भन्ने भान हुन्छ ।

नयाँ नेपाल निर्माणका लागि आर्थिक क्रान्ति ल्याउनुपर्नेमा जोड दिँदै सो दलले बन्द, हडताल, नारा, जुलुस, चन्दाआतङ्क आखिर केका लागि भन्ने प्रश्न अघि सारेको छ । चुनावी सभा घरदैलो, पोस्टर र ब्यानरद्वारा प्रचारप्रसार नगरेको सो दलले आफ्नो कामको मूल्याङ्कन गरी जनताले मत दिने विश्वास राखेको छ ।

चप्पल लगाएर आएका नेताहरुले महल बनाएको बताउँदै सो दलका अध्यक्ष मोति दुगड हामी महलबाट नै आएकाले महल बनाउँदैनाँै, देशको विकास र जनताको सेवामा आफ्नो आम्दानीको खर्च लगाई समर्पित हुन्छौँ भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us