तालिम पाएपछि भटाभट बाँस उद्योग

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ११:२८ मा प्रकाशित

bamboo nepalइलाम, २३ कात्तिक– पर्याप्त कच्चापदार्थको उपलब्धतापछि इलामका ग्रामीण क्षेत्रमा बाँसका फर्निचर बनाउने उद्योग सञ्चालनमा आउन थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिले बाँसका फर्निचर बनाउने तालिम प्रदान गरेपछि उद्योग सञ्चालनमा आउन थालेका हुन् ।

जिल्लाको गोदक, जितपुर, इलाम नगरपालिका, मङ्गलबारे, नयाँबजार, गाविसमा बाँसबाट फर्निचर बनाउने उद्योग सञ्चालन छन् । उद्योग प्रयोग हुने बाँस आफ्नै बारीमा उत्पादन हुने र खरिद गर्नुपर्दा पनि सस्तो हुने भएकाले घरमै बसीबसी उद्योग सञ्चालन गर्न सकिने सोयाङ–१ शिरिसेका पूर्व लडाकु बलबहादुर खाती बताउछन् ।

दुई वर्ष अघि स्वयक्षिक अवकास रोजेर घर फर्किएपछि खाती यो काममा लाग्नुभएको हो । “घरेलुले सञ्चालन गरेको काम एकदमै राम्रो लाग्यो, केही त गर्नै पर्छ भनेर यसमा समाहित भएको हुँ” खाती भन्नछन्, “यसबाट भविष्यमा के गर्नुपर्ला भन्ने चिन्ता हटेको छ । दुईचार पैसा कमाइयो भने परिवारको गुजारा पनि चलाउन सकिन्छ ।” रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us