आगजनी गरिएको गाडीलाई क्षतिपूर्ति

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १४:३६ मा प्रकाशित

भक्तपुर, २५ कात्तिक–नेकपा–माओवादीलगायतको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्तालका क्रममा भक्तपुरमा अज्ञात समूहको आगजनीबाट क्षतिग्रस्त गाडीलाई जिल्ला प्रशासन कार्यलयले तत्काल क्षतिपूर्ति उपलब्ध गराएको छ ।
सानोठिमीस्थित एसओएस नजिकै बालुवा डिपोमा रोकिराखेको अवस्थामा गएराति अरनिको यातायातको ना३ख ३७११ नम्बरको बसमा आगजनी भएको थियो ।
यातायात समितिका अध्यक्ष जीतबहादुर भारतीलाई क्षतिपूर्ति स्वरुप २५ हजार रुपैया प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए । थप रकमका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको प्रजिअ दवाडीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us