संविधान निर्माणसँगै पर्यटकीय क्षेत्रको विकासमा जोड

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ७:५७ मा प्रकाशित

खोटाङ, २६ कात्तिक–सबै उम्मेदवारले जिल्लाका पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा पार्ने प्रतिबद्धता जनाएका छन् ।
उनीहरुले हलेसी, ट्याम्के, बाराहापोखरी, साल्पापोखरी, रुपाकोटडाँडा, सिलीचुङडाँडा, मझुवागढीलगायतका पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेका हुन् । चुनावी अभियानमा जुटेका एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), सङ्घीय समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाललगायत पार्टीका गाउँगाउँ पुगेका उम्मेदवारले आफूलाई विजयी गराए संविधान निर्माणसँगै आर्थिक समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
छयहत्तर गाविस रहेको जिल्लामा १२ दलका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारी दिइएको भए  एमाओवादी, काँग्रेस, एमाले र समाजवादी पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us