बङ्गलादेशमा गार्मेन्ट कारखाना पुनः सञ्चालन

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ७:४८ मा प्रकाशित

ढाका,२९ कात्तिक–बङ्गलादेशमा २०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बिहीबार पुनः सञ्चालनमा आएका छन ।
न्यूनतम ज्याला भएको कारण हडतालमा उत्रिएका कामदारहरूको मागलाई लिएर गार्मेन्ट मालिकहरू र प्रधानमन्त्रीबीच भएको वार्तापछि कारखाना पुनः सञ्चालनको लागि कारखाना मालिकहरू मञ्जुर भएका हुन ।
चार दिनसम्म कारखाना बन्द गरेका गार्मेन्ट मालिकहरूले बुधबार बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग गरेको भेटवार्तापछि गार्मेन्ट पुनः सुचारु हुने निर्णय भएको हो ।
प्रधानमन्त्री र गार्मेन्ट मालिकबीच भएको यस वार्तामा गार्मेन्ट कामदारका लागि महिनावारी ५ हजार तीन सय टाका (६६ अमेरिकी डलर) बराबरको रकम वृद्धि हुने निर्णय भएपछि गार्मेन्ट सुचारु भएको हो ।
गार्मेन्ट पोसाक उत्पादनमा बङ्गलादेश चीन पछिको दोस्रो ठूलो स्थानमा पर्दछ । गत अप्रिलमा बङ्गलादेशस्थित एक गार्मेन्ट कारखानामा भएको दुर्घटनामा एक हजार एक सय भन्दा बढीको मृत्यु भएको थियो ।
त्यसैगरी गत नोभेम्बरमा अर्को एक अर्को गार्मेन्ट कारखानामा भएको आगलागीमा एक सय १२ जना कामदारको मृत्यु भएको थियो ।
राजधानी ढाकाको बाहिरी इलाकामा रहेको औद्योगिक क्षेत्रमा रहेको करिब दुइ सय ५०  गार्मेन्ट कारखाना सुचारु भएका हुन । रासस/एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us