
झापा, २ मंसिर- दुई दिनसम्ममा व्यापक रूपमा कालोबजारी गरी महँगोमा बिक्री भइरहेको आयो नुन पुनः साविककै मूल्य प्रतिप्याकेट रु १५ मा बिक्री हुन थालेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार र बङ्गालमा प्रतिकिलो भारतीय मुद्रा रु १५० मा बिक्री भइरहेको समाचार सम्प्रेषण गरेपछि त्यसको प्रभाव झापामा देखापरेको थियो ।
त्यसपछि, व्यापारीले नुन लुकाएर रु २५ देखि १०० मा एक किलोको प्याकेट बिक्री गर्न थालेका थिए । साल्ट टे«डिङ्ले व्यापक रूपमा नुन मौज्दात रहेको जानकारी गराएको र स्थानीय प्रशासनले कडाइ गरेपछि झापाका बजारमा नुन सहज ढङ्गले उपलब्ध हुन थालेको हो ।