दुग्ध प्रशोधन केन्द्रलाई ३९ लाख

काठमाण्डु टुडे २०७० मंसिर २ गते ११:०९ मा प्रकाशित

milk_nepalकञ्चनपुुर, २ मंसिर– एक निजी डेरीले आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माणका लागि रु ३९ लाख ६८ हजार २५० अनुदान पाएको छ । भीमदत्तनगरपालिका–४ मा रहेको पाठक डेरी इन्डस्ट्रिजले व्यावसायिक कृषि तथा व्यापार योजनाबाट सो अनुदान पाएको डेरी सञ्चालक प्रेमप्रकाश पाठकले जानकारी दिनुभयो ।

उनले सो केन्द्र निर्माणका लागि ४० लाख ८३ हजार ५०० आफ्नो लगानी गरी ८० लाख ५१ हजार ७५० बराबरको लगानीमा आधुनिक दुग्ध केन्द्र निर्माण हुने बताए । दुग्ध प्रशोधन घर निर्माण, दुई हजार लिटर क्षमता भएको दुग्ध चिस्यान मेसिन, मिल्क चिलिम, आइसक्रिम मेसिनलगायतका भौतिक सामग्री रहने सञ्चालन पाठकको भनाइ छ ।

‘केन्द्र निर्माण भइसकेपछि पाकेटमा प्याकिङ गरेर दुग्ध बजारमा बिक्री–वितरण हुनेछ,’ उनले भने, ‘केन्द्र एक वर्ष भित्रमा निर्माण भइसक्ने बताउँदै पाँच दिनसम्म दूध राख्न सकिनेछ ।’

चार किस्तामा अनुदान रकम प्राप्त हुने सम्झौता भएको समेत सञ्चालन पाठकले बताउनुभयो । पहिलो चरणमा रु सात लाख ९३ हजार ६५० प्राप्त भइसकेको छ भने अन्य तीन किस्ता निर्माण कार्यसँगै प्राप्त हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us