गोरखा, २५ मंसिर–गोरखामा बर्खे धान उत्पादन हुने जमिन विस्तार भएकोे छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षभन्दा यो वर्ष पाँच हेक्टर बढी जमिनमा धानखेती भएको हो । अघिल्लो वर्षसम्म जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये १२ हजार १९५ हेक्टर जमिनमा धानखेती भएको थियो ।...
काठमाण्डु, २४ मंसिर– आन्तरीक उत्पादन र अर्थतन्त्रलाई बलियो नबनाएसम्म विश्व व्यपार संगठन डब्लुटीओ बाट नेपालले कुनैपनि फाइदा लिन नसक्ने अर्थविदहरुले बताएका छन् । देशले आयात मात्रै गरिरहेको अबस्थामा निर्यात बढाउन सकिएमात्रै विश्व व्यापार संगठनबाटको सम्बन्धबाट फाइदा दिन सकिने उनीहरुको भनाई छ । मिडिया इन्टरनेशलले...
काठमाण्डु, २४ मंसिर । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को नवौँ मन्त्रिस्तरीय सम्मेलनले पाँच बुँदे सहमति गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । इन्डोनेसियाको बालीमा सम्पन्न सो सम्मेलनमा अधिकतम् विकसित राष्ट्रहरुको प्याकेज अन्तर्गतका भन्सार तथा कोटा रहित बजार पहुँचमा ९७ प्रतिशतसम्म छुट दिने, सेवा व्यापारसम्बन्धी...
कास्की, २४ मंसिर– राष्ट्रिय परोपकार महासंघ नेपालले पोखरा रंगशालामा शनिबारदेखि श्रीमद्भागवत धनधान्याचल विराट ज्ञानमहायज्ञ सञ्चालन गरेको छ । सो महायज्ञमा आजसम्म भूमि र गोप्यदानसहित २८ लाख रुपैयाँ संकलन भएको छ । महायज्ञमा करिब १५ लाख रुपैयाँ बराबरको भूमि तथा १२ लाख ६१ हजार रुपैयाँ...
सोलुखुम्बु, २४ मंसिर– सोलुखुम्बुको विकट गाविस केरुङस्थित चाँगेस्थान उच्च माविलाई रु नौ लाख पाँच हजार बराबरको शैक्षिक सामग्री प्राप्त भएको छ । फ्रान्सेली पर्यटकले केटाकेटी नाम संस्थामार्फत विद्यालयलाई सो सहयोग उपलब्ध गराएका हुन् । पर्यटकले विद्यालयलाई आठ थान ल्यापटप, आठ थान सोलार प्यानल, एक...
गजुरी, २४ मंसिर–नेपाल सरकारको चेपाङ विकास कार्यक्रमअन्तर्गत धादिङका ८२ चेपाङ परिवारलाई मौरीसहितको घार वितरण गरिएको छ । व्यवसाय किट विकास निर्देशनालयअन्तर्गत मौरीपालन विकास शाखा गोदावरीले ‘एक घार एक गोला’ नारासहित चेपाङ समुदायको आर्थिक विकासका लागि मौरीसहितको घार वितरण गरेको हो । कृषि सेवा गजुरीअन्तर्गत...
हेटौंडा, २४ मंसिर–बहुचर्चित हेटौंडा–कुलेखानी–काठमाण्डु सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणको निर्माण कार्यमा २४ करोड रुपैयाँ खर्च लाग्नेछ । यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ । नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष...
काठमाण्डु, २४ मङ्सिर-निजी विमान कम्पनी गोमा एयरले १९ सिट क्षमताका यात्रुबाहक दुई नयाँ जहाज (मल्टी इन्जिन टर्बो प्रोपेलर) नेपाल भित्र्याएको छ । गोमा एयरले छोटो धावनमार्गमा सेवा सञ्चालन गर्न दुई इन्जिन भएका नयाँ हवाई जहाज पहिलोपटक नेपाल ल्याएको हो । गोमा एयरका प्रबन्ध निर्देशक...
महोत्तरी, २३ मंसिर– महोत्तरी जिल्लाको पश्चिमी सीमा नाकाबाट दैनिक राजस्व छली लाखौँ रुपैयाँको बालुवागिट्टी भारत निकासी भइरहेको छ । नेपाल सरकार तथा महोत्तरीको स्थानीय प्रशासनले केही दिनदेखि जिल्लाको मुलनाका भिट्ठामोडबाट हुने गरेको बालुवागिट्टी भारत निकासी बन्द गरेपछि जिल्लाको सहायक नाकाबाट बालुवागिट्टी निकासी हुन थालेको...
गाईघाट, २३ मंसिर–उदयपुरको त्रियुगा नगरपालिका–३ गाईघाट बजारस्थित पशु वधशाला अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहँदै आएको छ । पाँच वर्षअघि करिब चार लाख ५० हजारको लगानीमा त्रियुगा नदी किनारमा वधशाला निर्माण गरिए पनि अहिलेसम्म मासु व्यापारीले प्रयोगमा ल्याएका छैनन् । मासु व्यापारीले गाईघाट बजारका विभिन्न स्थानमा...
काठमाण्डु, २३ मंसिर– नेपालले सम्पत्ति शुद्धिकरण सम्बन्धमा जनाएको प्रतिबद्धता कार्यान्वयनको अबस्थाबारे बुझ्न अन्तराष्ट्रिय वित्तिय कारवाही कार्यदलको एक टोली काठमाण्डु आउने भएको छ । फ्रान्सको पेरिसमा कार्यलय रहेको सो संस्थाले सम्पत्ति शुद्धिकरण ऐन पारित नगरे नेपाललाई वित्तियरुपमा कालो सूचीमा पार्ने यसअघि चेतावनी दिएको थियो ।...
काठमाण्डु, २२ मंसिर– नर्वेको महालेखापरीक्षकको कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई क्षमता अभिवृद्धिका साथै प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल र नर्वेबीच आगामी सन् २०१५ को डिसेम्बरसम्म महालेखापरीक्षकको कार्यालयलाई प्राविधिक सहायता उपलब्ध गराउनेसम्बन्धी दुईवटा बेग्लाबेग्लै सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ । सहमतिपत्रमा नर्वेका महालेखापरीक्षक योर्गन कोस्मो...