किसानलाई पशुपालन तालिम

काठमाण्डु टुडे २०७० पुष २८ गते ११:३६ मा प्रकाशित

धनकुटा, २८ पुस– धनकुटा नगरपालिका क्षेत्रका कृषकलाई व्यावसायिक पशुपालनप्रति प्रोत्साहित गर्ने उद्देश्यले कृषि अनुसन्धान केन्द्र पाख्रिबासको जुनेसिस कन्ट्रोल प्रोजेक्टले पशुपालन तथा पशु स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेको छ ।

पशुपालन व्यवसाय गर्दै आएका धनकुटा नगरपालिका २ मालबासे र ७ टोड्केका करिब ३० जना कृषकलाई एक दिने तालिम प्रदान गरिएको कृषि अनुसन्धान केन्द्रका फिल्ड रेकर्डर रुजन राईले जानकारी दिए ।

तालिममा सहभागी कृषकलाई जिल्ला पशु सेवा कार्यालयका जीवन सिंह, कृषि अनुसन्धान केन्द्र पाख्रिबासका डा रमेशप्रसाद शाह, रितेश शाहलगायतले पशुपालन व्यवसायसम्बन्धी प्रशिक्षण दिए ।

सो प्रोजेक्टले यसअघि मूर्तिढुङ्गा र परेवादिन गाविसका कृषकलाई पनि पशुपालन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us