राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, मट्टीतेल खन्याएर आत्मदाह प्रयास

काठमाण्डु टुडे २०८३ साउन २ गते ११:५२ मा प्रकाशित

काठमाण्डू, २ साउन– सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त अवस्था सिर्जना भएको छ ।

सप्तरीको राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमारहेका छन। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन ।

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ । राजबिराज नगरपालिका–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वरर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्तिमार्फत जेलर मण्डलको नाउँमा आफूसँग ५ लाख घुस लिएको आरोप समेत लगाएका छन ।

घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न अवरोध गरिएको छ । यता रकम उठाएको विषयमा विवाद चर्किएपपछि चौकीदार यादवको झुम्का कारागार सरूवा गर्ने तैयारी गरेपछि बी बल्का कैदीलाई कुटपिटमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति९सुरक्षा कायम गर्न प्रहरी भित्र पस्न खोजपछि कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको स्वीकारेका छन् । अहिले समझाइ बुझाइ गर्दा अवस्था समान्य बनेको उनले बताए । उनका अनुसार बी बल्कका चौकीदार राम रिझनले कैदी बन्दीहरूलाई समानुपातिक व्यवहार नगरेको आरोपमा झगडा भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us