
हेटौडा, २९ पुस–उद्योगी जगदीशप्रसाद राठीको हृदयघातले आइतबार बेलुकी निधन भएको छ । मकवानपुरको हेटौडास्थित सम्धीको घरमा बास बसेकोबेला हृदयघात भइ राती ९ बजे उनको निधन भएको हो ।
विराटनगर–३ स्थित घरबाट उनी आफ्नो निजी गाडिमा काठमाण्डु प्रस्थान गरेका थिए ।
७० बर्षीय राठी उद्योग वाणिज्य महासंघको राजस्व परामर्श समितिका सभापति तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन् । उनका दुई छोरा र एक छोरी छन् ।