पोखरा महोत्सवको तयारी पूरा

काठमाण्डु टुडे २०७० पुष २९ गते १:५७ मा प्रकाशित

पोखरा, २९ पुस– मंगलबारदेखि हुने पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युनाइटेड क्लब पोखराले यही पुस ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सव गर्न लागेको हो ।

महोत्सवबाट प्राप्त हुने आम्दानीबाट पोखरामा चिडियाखाना निर्माण, अमरसिँह नमुना र कालिका उच्चमाविमा छात्रवृत्ति स्थापना तथा बृहत् आयुर्वेद शिविर सञ्चालन गरिनेछ ।

डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ६३ लाख ६३ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

दर्शकको मनोरञ्जनका लागि अस्ट्रिच चरा पनि प्रदर्शनीमा राखिने छ । महोत्सवलाई थप मनोञ्जनात्मक बनाउन विविध मनोरञ्जन, नृत्य प्रतियोगिता, दोहोरी, बालउद्यान, पप कन्सर्ट र झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us