काठमाण्डु, २४ वैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ । सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । आइतबारदेखि सुरू भएको छलफल आज टुंगिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले...
एजेन्सी – अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको एक विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि विमानमा सवार सबै १३ यात्रीको मृत्यु भएको छ । सानो प्राइभेट जेट लास भेगासबाट आइतबार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा...
काठमाण्डु, २४ वैशाख – अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को...
काठमाण्डु, २४ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ...
काठमाण्डु, २४ वैशाख – प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै...
धनगढी, २४ बैशाख – कञ्चनपुरमा जीप दुर्घटना भएको छ । धनगढीबाट कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको भारतीय जीप कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मोतिबस्तीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्टसहित ३ जना घाइते...
बुटवल, २४ बैशाख – बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ । विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो । देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गरिँदैछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प...
काठमाण्डु, २४ बैशाख – रिङ्ग रेस्लिङ संघले एम. के. डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्नेभएको छ । डिस होमको सहकार्यमा त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते शनिवार ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र...
काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले एकीकरण घोषणाको एक दिनपछि नै आज बैठक बोलाएको हो । दुई पार्टीमा कायम केन्द्रीय सदस्य स्वतः नयाँ पार्टीको...
डोटी, २४ बैशाख – डोटीको बडिकेदार गाउँपालिका–४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । सोमबार राति अज्ञात समूहले मान्नाकापडीस्थित वडाकार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ...
क्यानबेरा, २४ वैशाख – अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई एक जना प्रदर्शनकारीले अण्डा प्रहार गरेका छन् । राष्ट्रिय चुनावको क्याम्पेनका क्रममा उनीमाथि अण्डा प्रहार गरिएको हो ।अण्डा प्रधानमन्त्रीको टाउकोमा ठोक्किएपनि नफुटेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यो घटनाका क्रममा एक जना बृद्धालाई पनि धक्का...
काठमाण्डु, २४ वैशाख – त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४...