नेपालमा बैशाख २८ गते रेस्लिङ महाभिडन्त हुँदै

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १०:३८ मा प्रकाशित

काठमाण्डु, २४ बैशाख – रिङ्ग रेस्लिङ संघले एम. के. डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्नेभएको छ । डिस होमको सहकार्यमा त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते शनिवार ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहनेछ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाबिच रिङ्गमा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगीतामा अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि सहभागि हुनेछन् । त्यस्तै युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्नेछन् भने हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवेर केसी, विकाश खड्का रहेका छन् ।

प्रतियोगितामा २ वटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us